कृष्ण पौडेल
शुद्धोधन ।
रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न.४ फर्साटिकरमा अवस्थीत अशल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १७ औं स्थापना दिवस विविध कार्यक्रम गरेर मनाएको छ ।
पोहिलो चरणमा रक्तदान कार्यक्रम सम्पन्न भय सँगै ३६ युनिट रगद संकलन भएको थियो।
दोस्रो चरणकाे कार्यक्रममा सहकारीले शुद्धाेधन गाउँपालिका र सियारी गाउँपालिकाका निजी तथा सामुदायिक बिद्यालयका १५ वटा बिद्यालय मध्य ६ वटा बिद्यालय लाई हाजिर जवाफ प्रतियोगितामा छनोट गरेको थियो ।
प्रतियोगितामा रोजवर्ड एकेडेमी प्रथम, दुर्गा देवि मावी द्वितीय र लिटल फ्लावर्स अङ्ग्रेजी मावी तृतिय भएका थिए।
तेस्रो चरणकाे कार्यक्रममा सहकारीले शुद्धाेधन गाउँपालिकाका निजी तथा सामुदायिक बिद्यालयहरूलाई समेटेर ५ किलोमीटरको सडक दौड प्रतियोगिता गरेको संस्थाका अध्यक्ष शालिग्राम बस्यालले जानकारी दिनुभयो ।
मानपकडी बुद्धचोक देखी फर्साटिकर चोकसम्म सडक दौडमा छात्रतर्फको दौडमा सिद्धार्थ इङ्लिस बोर्डिङ स्कुलका रोमन बानिया १६ मिनेटमा दूरी पार गर्दै प्रथम,जनता माविका अरुण क्षेत्री १७ मिनेटमा दूरी पार गर्दै द्वितीय र फर्साटीकर सिद्धार्थ इङ्लिस बोर्डिङ स्कुल राहुल बानिया,दुर्गादेवी माविका आकाश कुर्मीले समान १८ मिनेटमा दूरी पार गर्दै तृतीय भएका छन।
त्यस्तै छात्रातर्फको दौडमा शङ्कर माविकी दीपिका कुमालले २० मिनेटमा दूरी पार गर्दै प्रथम तिलोत्तमा माविकी एन्जल गैरेले २१ मिनेटमा दूरी पार गर्दै द्वितिय, शङ्कर माविकी पार्वती यादवले २१ मिनेट ३० सकेण्डमा दूरी पार गर्दै तृतीय भएकी छन्।
कार्यक्रममा अध्यक्ष शालिग्राम बस्याल, सस्थापक अध्यक्ष मधु प्रसाद खनाल, नी वर्तमान अध्यक्ष बाल कृष्ण पराजुली लगायतले पुरस्कार बितरण गर्नु भएको थियो।
संस्थाका अध्यक्ष शालिग्राम बस्याल काे अध्यक्षतामा र शुद्धोधन वडा न.४ का वडा अध्यक्ष तथा प्रबक्ता केशबप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका सचिव बलराम पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।