नेपाल गणित समाज लुम्बिनी च्याप्टरको आयोजनामा लुम्बिनी प्रदेशको बुटवलमा बिद्यालय स्तरिय BATTLE OF MATHEMATICAL MCQ कार्यक्रम सम्पन्न भएको छ। नेपाल गणित समाज लुम्बिनी च्याप्टरका सभापति गोपाल प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुषाल रहेका थिए। प्रमुख आतिथ्यता को मन्तब्य राख्दै उनले नेपालमा गणितको शिक्षण सिकाइ उपलब्धि न्युन हुदा बिद्यार्थीको प्रतिबर्ष कक्षा १०र १२को राष्ट्रिय नतिजामा नकारात्मक असर परिरहेको र त्यसको सुधारको निम्ति नेपाल गणित समाजको प्रयास सह्रानिय रहेको बताए।
कार्यक्रमको डिजाइन तथा। बहुबैकल्पिक प्रश्नहरुको तयारि र सहजिकरण कोषाध्यक्ष दिपक ज्ञवालीले गरेका थिए।कार्यक्रममा सल्लाहकारहरु शेषराज कुमार शर्मा भट्टाराई, अमरेन्द्र कुमार सिह, तुल्सी प्रसाद सापकोटा लगाएतको उपस्थिति रहेको थियो।
रुपन्देहि जिल्लाका बिभिन्न सस्थागत र सामुदायिक विद्यालयका कक्षा १० का ११० जना बिद्यार्थीहरुको प्रतिस्पर्धा रहेको यो कार्यक्रममा कक्षा ९ र १०का बिभिन्न च्याप्टरका ९० वटा बहुबैकल्पिक प्रश्नहरुका उत्तरहरु अनलाइनमा आफ्नै कम्प्युटरबाट भौतिक उपस्थितिमै दिनुपर्ने गरी डिजाइन गरिएको कार्यक्रमले विद्यार्थिहरुलाई प्रबिधि मैत्री बनाउदै विषयवस्तुको गहिराईमा पुग्न प्रेरित गर्ने सहभागी बिपुल पन्त ले बताए। कार्यक्रममा विद्यावारिधि समाप्त गरेका संस्थाका उपाध्यक्ष डा पिताम्बर तिवारी तथा अघिल्लो कार्यकालका कार्यसमितिका सदस्यहरु शेषराज भट्टराई, तुल्सी प्रसाद सापकोटा र अमरेन्द सिहको समेत सम्मान गरिएको थियो। कार्यक्रममा प्रथम स्थान प्राप्त गरी Monika Kharel रु १००००बिजेता बनेका छन्। त्यसैगरी दोश्रो र तेश्रो स्थान हासिल गर्ने क्रमशः आरोश ढकाल त वेदान्त गौतमले क्रमश रु८००० र रु ५००० साथै ७जनाले सान्त्वना स्वरुप रु१०००का दरले पुरस्कृत बनेका छन्। कार्यक्रम सुख्खानगर स्थित अक्सफोर्ड स्कुलको सभाहलमा सम्पन्न भएको थियो।स्मरण रहोस् नेपाल गणित समाज केन्द्रले घनिभुत रुपमा गणित बिषय शिक्षकहरुको तालिम गराउने, प्रशिक्षकहरु उत्पादन गर्ने , पाठ्यक्रमको निर्माण र प्रभाबकारी कार्यान्वयनको निम्ति सम्बद्ध निकायहरुमा सहजिकरण गर्ने,प्रश्नहरु निर्माण मुल्याङ्कनमा समयानुकुल परिमार्जनको निम्ति पहल गर्ने बिशिष्ट भुमिका निर्बाह गर्दै गणित बिषयमा अनुसन्धानमा जोडदिदै आएको छ।