Advertisement

रोट्याक क्लब अफ तिलोत्तमा शुद्धोधनद्वारा  हरितालिका तीज अवसरमा शुभकामना आदानप्रदान 

फर्साटिकर।

रोट्याक क्लब अफ तिलोत्तमा शुद्धोधनले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

बुधबार बेलुका आयोजना गरिएको कार्यक्रममा आउदै गरेको हरितालिका तीज २०८१ को अवसरमा शुभकामना आदानप्रदान गरिएको हो।

शुद्धोधन गाउँपालिका  प्रवक्ता तथा वडा न.४ का अध्यक्ष केशबप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै उहाले तीज अवसरमा शुभकामना व्यक्त गर्नुहुदै तीज पर्वले दिदिबहिनी र दाजुभाइविचमा आत्मीयता बढाउने बताउनुभयो ।उहाले रोट्याकले विभिन्न सामाजिक कार्य गरेको स्मरण गर्दै आगामी दिनमा गर्ने रचनात्मक कार्यहरुमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा रोटरी  क्लब अफ तिलोत्तमाका संस्थापक अध्यक्ष डोलराज गैरे,पुर्व अध्यक्ष रमेश खनाल,जिल्ला सहकारी संघका महासचिव  दामोदर पङ्गेनी,आयोजक क्लबका संस्थापक अध्यक्ष महेन्द्र गौतम, पुर्व अध्यक्ष रमेश गौतम लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।

उपाध्यक्ष प्रतीक्षा टन्डन स्वागतबाट सुरु भएको कार्यक्रमको  रोट्याक क्लब अध्यक्ष दिनेश गैरेको  अध्यक्षता,कार्यक्रम संयोजक रामविलास गुप्ताको धन्यवाद मन्तव्य तथा राजन खनालको सञ्चालनमा सम्पन्न भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *