Advertisement

सुवेदी खत्री वंशावली विमोचन तथा सम्मान कार्यक्रम 

सैनामैना। सुवेदी खत्री एकता समाज रुपन्देहीले  वंशावली विमोचन तथा सम्मान कार्यक्रम गरेको छ।शनिबार कुल मन्दीर परिसर मुर्गियामा  एक कार्यक्रमको आयोजना गर्दै सुवेदी खत्रीहरुको वंशावलीहरुको विमोचन तथा जेष्ठ नागरिकलाई सम्मान एंव बडा दशैको शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो।

सैनामैना नगरपालिका प्रमुख फणिन्द्र शर्माको प्रमुख आतिथ्यतामा सुवेदी खत्री बन्धुहरुको उपस्तिथिमा  वंशावलीको सामुहिक रुपमा विमोचन गरिएको छ ।कार्यक्रममा बोल्दै नगरप्रमुख शर्माले वंशावली सार्वजनिक गरेकोमा  सुवेदी खत्रीहरुलाई  बधाइ एंव शुभकामना व्यक्त गर्नुभयो ।उहाले आउदै गरेको बडादशैको अवसरमा सम्पुर्णलाई शुभकामना समेत व्यक्त गर्नुभयो ।कार्यक्रममा सैनामैना वडा न ४ का रामप्रसाद अधिकारी,संस्थाका वरिष्ठ सल्लाहकार क्याप्टेन यमबहादुर खत्री,वंशावली प्रकाशनका प्रधान सम्पादक डाक्टर ढकबहादुर खत्री,वंशावली प्रकाशन समितिका संयोजक लेखबहादुर खत्री,सुवेदी वाह्रमण समाज अध्यक्ष वेदप्रसाद सुवेदी ,जुनिया चिदिपानी तराइ सम्पर्क समाज अध्यक्ष कृष्णबहादुर थापा,खत्री समाज चिदिपानीका पुर्व अध्यक्ष टेक बहादुर खत्री लगायतले बोल्नुभएको थियो।

कार्यक्रमको अवसरमा प्रवल जनसेवा श्री पदकबाट  सम्मानित क्याप्टेन यमबहादुर खत्री,वंशावली प्रकाशन समितिका प्रधान सम्पादकलाई सम्मान समेत गरिएको थियो।कार्यक्रम कार्यवाहक अध्यक्ष गोबिन्दबहादुर खत्रीको अध्यक्षता तथा सचिव खिम खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *