Advertisement

फर्साटिकर माविको सिभिल इन्जिनियर भवनको उपप्रधानमन्त्री पौडेलद्वारा उद्घाटन,नमुना विद्यालय बनाउन सहयोग गर्ने प्रतिवद्धता 

शुद्धोधन रुपन्देही ।।

रुपन्देहीको शुद्धोधन ४ मा अवस्थित फर्साटिकर माध्यमिक विद्यालयको सिभिल इन्जिनियरिङ भवन समुदघाटन भएको  छ।भवनको नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्नुभयो।उद्घाटन प्रश्चात बोल्दै उपप्रधानमन्त्री पौडेलले विद्यालयलाई नमुना गराउनका लागि आवश्यक पर्ने बजेट विनियोजन गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाले भन्नुभयो”विद्यालयलाई आवश्यक पर्ने  भवनको डिपिआर तयार पारी  आवश्यक बजेटका लागि मन्त्रालयमा आउन आग्रह गर्दछु,आवश्यक बजेट विनियोजन गर्न तयार छु  ।”उनले सामाजिक विकासका निम्ति पार्टी पार्टीविचमा एकजुट आवश्यक नभएको जिकिर गर्नुभयो ।

पौडेलले अहिले जटिल समयमा जनताको समस्या समाधान गर्नका लागि काङ्ग्रेस,एमालेको संयुक्त सरकार निर्माण भएको बताउदै सरकारको समीकरण आगामी ०८४ सालको निर्वाचन सम्म पुग्ने बताउनुभयो।

विद्यालयका अध्यक्ष नरबहादुर घर्तीले विद्यालयको पुर्वाधार विकासका लागि विभिन्न समयमा योगदान गर्ने सबैलाई  धन्यवाद व्यक्त गर्दै  विद्यालयलाई  नमुना बनाउनका लागि अर्थमन्त्री,प्रदेश सांसद तथा पालिकालाइ आग्रह गर्नुभयो ।

कार्यक्रममा शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल,पालिका प्रवक्ता तथा वडा न.४ एंव सामाजिक विकास समितिका संयोजक केशवप्रसाद अधिकारी लगायतले बोलेका थिए ।

निवर्तमान राष्ट्रिय सभा सदस्य  खिमलाल भट्टराई,प्रदेश सांसद तुलसी प्रसाद चौधरी,जनप्रतिनिधि,विभिन्न राजनैतिक दलका प्रतिनिधि,शिक्षक,विद्यार्थी अभिभावकको उपस्तिथिमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शिक्षक लिलाधर न्यौपानेले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *