अर्जुन खत्री, रुपन्देही ।
रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न.३ मा रहेको लोकसागर सामाजिक उद्दमी सहकारीको लिमिटेडको ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।शनिबार भएको कार्यक्रमको जिल्ला सहकारी संघ महासचिव दामोदर पङ्गेनीले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै पङ्गेनीले साधारण सभा सदस्यहरुको यातायात खर्च बुझ्ने दिनको रुपमा बुझाइ भएकोमा अब सेयर सदस्यको मानसिकता परिमार्जित हुन जरुरी रहेको बताउनुभयो । उहाले सभालाई वर्ष भरी सहकारीले गरेका कामहरुको विचार विमर्श समिक्षा गर्ने दिनको रुपमा लिनुपर्ने बताउनुभयो।महासचिव पङ्गेनीले सेयर सदस्यहरूको रचनात्मक सल्लाह,सुझावले मात्र सहकारी थप सुदृढ बन्ने बताउनुभयो ।
शुद्धोधन गाउँपालिका सहकारी शाखा प्रमुख मानबहादुर भण्डारीले सहकारीको माध्यमबाट सेयर सदस्यहरूको आर्थिक विकास हुनुपर्ने बताउनुभयो।उहाले सहकारी मूल्य मान्यता र सिद्धान्तको आधारमा सञ्चालित हुनुपर्ने जिकिर गर्नुभयो ।
सहकारी उपाध्यक्ष नेत्रबहादुर थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम अध्यक्ष गोबिन्द भण्डारीले सञ्चालक समितिको तर्फबाट प्रतिवेदन र लेखासंयोजक दुर्गादेवी थापाले लेखा सुपरिवेक्षण प्रतिवेदन, कोषाध्यक्ष होमबहादुर केसिले आय व्ययको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्षमा ८७ लाख ४७ हजार ५० रुपिया शेयर पूँजी तथा २ करोड ४५ लाख १३ हजार ९ सय ८६ कर्जा लगानी गरि १ करोड ६६ लाख २ सय ७८ रुपैया बचत गरेको छ।सहकारीले १५ लाख ६९ हजार १ सय ४१ रुपैयाँ नाफा कमाउन सफल भएको छ। हाल सस्थामा ५०४ जना सेयर सदस्य रहेका छन।
कृषि शाखा प्रमुख रमेश रेग्मी,शुद्धोधन सहकारी सञ्जाल अध्यक्ष लेख बहादुर खत्री,असल सहकारीका अध्यक्ष शालिकराम बस्याल,संस्थापक अध्यक्ष पुरन फौदार लगायत बोल्नुभएको थियो ।
सहकारीले साधारण सभाको अवसरमा असल बचतकर्ता,असल ऋणी, विभिन्न तहमा सर्वौत्कृष्ट नतिजा ल्याउने विद्यार्थी,कर्मचारी लगायतलाई सम्मान गरिएको थियो ।कार्यक्रम सहकारी अध्यक्ष गोबिन्द भण्डारीको अध्यक्षता तथा सल्लाहकार हेमबहादुर केसि र सचिव खिमबहादुर टण्डनको संयुक्त सञ्चालनमा सम्पन्न भएको थियो ।