Advertisement

१२ औ संस्करणको रेप्सा महोत्सव बुधबारबाट सुरु हुदै 

शुद्धोधन ।१२ औ संस्करणको रेप्सा महोत्सव बुधबारबाट सुरु हुने भएको छ।राइजिङ अङ्ग्रेजी निजि विद्यालय संगठन रेप्सा रुपन्देहीको आयोजनामा शुद्धोधन गाउँपालिका वडा न.४ फर्साटिकर माविको खेलमैदानमा हुने महोत्सवको तयारी पूरा भएको  मंगलबार  पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी गराएको छ।

फागुन ७ अर्थात बुधबारबाट प्रजातन्त्र दिवसको अवसर पारी  हुने महोत्सवमा खेलतर्फ र सांस्कृतिक कार्यक्रमहरु समेटिएको अध्यक्ष लोक शर्मा बस्यालले बताउनुभयो ।खेल तर्फ विद्यार्थीहरुको  हाजम्प,लङ्जम्प, दौड ,रिले दौड,सटफुट,ज्याब्लिङ थ्रो,भलिबल,५किलोमीटर म्याराथुन दौड, शिक्षकहरुको डबल ब्याटमिन्टन र विद्यार्थी र उनिहरुका अभिभावकविचमा नृत्य प्रतियोगिता गरि ३३ वटा इभेन्ट आयोजना गरिएको उहाले जानकारी दिनुभयो ।

बुधबारबाट सुरु भइ ३ दिनसम्म चल्ने महोत्सवमा  गत वर्षका २०७९/८० का एसईई मा सर्वौत्कृष्ट नतिजा ल्याउने छात्रा छात्रा गरि २ जना  र शत प्रतिशत नतिजा ल्याउने विद्यालयलाई कार्यक्रममा सम्मान गरिने कार्यक्रम संयोजक रामकृष्ण खनाल बताउनुभयो।

१३ निजि विद्यालयको सहभागीतामा हुने कार्यक्रम सम्पन्न गर्नका लागि ५ लाख खर्च लाग्ने अनुमान गरिएको छ।

कार्यक्रम प्याब्सन रुपन्देही अध्यक्ष लोक शर्मा बस्यालको अध्यक्षता जिल्ला प्याब्सन रुपन्देही वरिष्ठ उपाध्यक्ष प्रमुख सल्लाहकार कमलप्रसाद पौडेल,सल्लाहकार झलक थापा,केशब कडेल,ऋषिराम बस्याल ,कमिलमणी ढकाल,कोषाध्यक्ष विशाल चौधरी ,सदस्य विष्णु न्यौपाने लगायतको सहभागीता एंव रेप्सा सचिव कृष्ण गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *