Advertisement

गुल्मीको सत्यवती ६ परमान्दनगरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न 

अर्जुन  खत्री ,सत्यवती गुल्मी।

गुल्मीको सत्यवती गाउँपालिका वडा न.६ परमान्दनगर चोरकाटेमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।गुल्मी जुनिया चिदिपानी तराइ सम्पर्क समाज रुपन्देहीको आयोजनामा जोहाङ्ग रन्जितप्रसाद लालचन रुद्रावती माविमा भएको शिबिरमा ५ सय बढीले स्वास्थ्य सेवा लिएको समाजका अध्यक्ष कृष्ण बहादुर थापाले जानकारी दिनुभयो ।

शिविरमा भिडियोएक्सरे ,स्त्रीरोगसम्बन्धि चेकजाँच परामर्श, हाडजोर्नी,जनरल,रगत जाच एंव निशुल्क औंषधी वितरणको सेवा प्रदान गरिएको थियो। 

फेमलीफिजिसियन डाक्टर ढकबहादुर खत्री,मेडिकल अफिसर डाक्टरहरु आयुशा भण्डारी,चादनी गैरे,हिमलाल भण्डारी,सगुना श्रेष्ठ,परामर्थ पौडेल ,दिपेन्द्र थापा दन्त चिकित्सक डाक्टर एन्जिला न्यौपाने लगायतको ४० जनाको टिमले स्वास्थ्य सेवा दिएका थिए ।शिविरको शुभारम्भ गर्दै सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले ग्रामीण भेगका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले गरिएको कार्यक्रम सराहनीय भएको बताउनुभयो ।समाज परिवर्तनका निम्ति स्थानिय सरकारको प्रयासले मात्र सम्भव नहुने बताउदै निजि तथा सार्वजनिक संघ सस्थाबाट पनि सहयोग सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

पुर्व राज्यमन्त्री एंव विद्यालयको संस्थापक अध्यक्ष सुवर्ण ज्वारर्चनले स्वास्थ्य सेवा जस्तो महान काम गरेर समाजप्रती आभार व्यक्त गर्नुभयो ।उहाले सत्यवती,चन्द्रकोट,छत्रकोट,गुल्मी दरबारका विभिन्न स्थानका लाभान्वित भएको बताउनुभयो ।ज्वारचनले आगामी दिनमा थप स्वास्थ शिबिर सञ्चालन गर्न आग्रह गर्नुभयो ।

खत्री नर्सिङ होमका  डाइरेक्टर डाक्टर डिबि खत्रीले आफुहरुले समयसमयमा सजिलै स्वास्थ्य सुबिधा उपलब्ध नभएका ग्रामीण भेगमा स्वास्थ्य शिविर आयोजना गरिरहेको  बताउदै शिविरहरु मार्फत निरन्तर रुपमा सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।कार्यक्रममा सत्यवती गाउँपालिका उपाध्यक्ष निरमाया तरामु,चन्द्रकोट गाउपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारी,प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसाल,पुर्व गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल,सत्यवती ७ का वडा अध्यक्ष लोकबहादुर बुढाथोकी,वडा ६ का वडा अध्यक्ष विष्णुप्रसाद भण्डारी,मानव अधिकार तथा शान्ती समाज रुपन्देहीका निवर्तमान अध्यक्ष  एंव चिदिपानी तिलोत्तमा समाजका अध्यक्ष कृष्णप्रसाद  भट्टराई,संस्थापक अध्यक्ष खड्क बहादुर शाही,जोरप्रला रुद्रावती माविका प्रधानाध्यापक कृष्णबहादुर थापा,समाज कोषाध्यक्ष एंव कार्यक्रम संयोजक ओमप्रकाश भण्डारी लगायतले आफ्नो भनाइ राखेका थिए।कार्यक्रम समाज अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षता,सल्लाहकार  गुरुप्रसाद भुसालको स्वागत तथा सचिव खिम खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो।

शिबिर खत्री नर्सिङ होम,नेपाल औंषधी तथा  विक्री प्रतिनिधि संघ,न्यौपाने डेन्टल,जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र,सत्यवती गाउपालिका,वडा लगायतका विभिन्न संघसंस्थाको सहकार्यमा भएको थियो।

 

  

Leave a Reply

Your email address will not be published. Required fields are marked *