सामाजिक सेवामा सक्रिय लायन्स क्लव अफ बुटवल स्टार्सले शुद्धोदन गाउपालीका फर्साटिक स्थीत मोतिपुर प्रथामिक स्वास्थ्य केन्द्रमा आइतबार फुल्ली अटोमेटिक वायोमेन्ट्री एनालाइजर उपकरण मेसिन हस्तारण गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी शुद्धोदन गाउँपालीका अध्यक्ष विष्णु प्रसाद बस्यालले सामाजिक क्षेत्रमा लायन्स क्लव अफ बुटवल स्र्टासले गरेको कार्य सहानीय रहेको बताउनुभयो । लायन्स क्लबले उपलब्ध गराएका स्वास्थ्य उपकरण तत्कालै सञ्चालनमा ल्याइने र यसबाट सर्वसाधारणले सेवा पाउने बताउनुभयो । उहाँका अनुसार अस्पतालबाट उपलब्ध गराइने स्वास्थ्य सेवालगायतका विभिन्न परीक्षणका सेवा बाहिरभन्दा धेरै सुलभ र विशेषज्ञबाट उपलब्ध गराउने गरिएको बताउनुभयो । 
करिब १२ लाख मूल्य बराबरको ल्याव सबन्धी उपकरण हस्तारण गरिएको लायन्स स्टार्सका अध्यक्ष राजन जिसि जानकारी दिनुभयो । लायन्स इन्टरनेशनल ३२५ पि नेपालका डिष्ट्रिक गर्भनर बालाराम भट्टराइले स्वास्थ्य क्षेत्रमा क्लवले महत्पूर्ण कार्यक्रम गर्दै आएको बताउनु भएको थिया े। उहाँले सबैको सहकार्यले गर्दा नै समाज परिर्वतनमा लायन्स सामाजिक क्लबहरुले मुख्य भूमिका खेलेको बताउनु भएको थियो ।ग्रामीण क्षेत्रको स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग गरेकोमा क्लबलाई धन्यवाद दिँदै उपकरणको प्रयोग गरेर नागरिकलाई सहजरुपमा सर्वसुलभ सेवा उपलब्ध गराउन चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो ।
तेस्तै कार्याक्रमा लायन्स स्टार्सका संस्थापक अध्यक्ष तथा लायन्स इन्टरनेशनल ३२५ पि का फस्ट भिडिजी तथा इलेक्ट गर्भनर संन्दिप कसौधन,शुद्धोदन गाउँपालीका प्रवक्ता तथा वडा अध्यक्ष केशव अधिकारी,लायन्स डिष्ट्रिक ३२५ पि का सचिव एम एल पाण्डे, जिएसटि कोडिनेटर आशिष कृष्ण श्रेष्ठ, मोतिपुर स्वास्थ्य चौकि का कार्यालय प्रमुख डा। पातल गिरी,स्वास्थ्य अधिकृत रमेश रिजाल,मेडिकल अधिकृत डा अर्जुन सुवेदी , जनस्वास्थ्य निरिक्षक अर्जुन भन्डारी, जनस्वास्थ्य निरिक्षक मधु खत्री, सिनियर अनमि मन्जु केसी थापा, सिनीयर अहेव प्रकास कुमार योगी, लायन्स स्टार्स सहसचिव ई छविन्द्र भट्राई लागाएको उपस्थीमा हस्तारण गएिको थियो । कार्यक्रममा क्लवका सचिव पिताम्बर अर्यालको सञ्चालनमा भएको थियो।