अविरल बिष्णु
पछिल्लो समयका चर्चित हाडजोर्नी तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ डा. सञ्जीव आचार्यको पहिलो गीत ‘तिम्रो एक नजरले’ सार्वजनिक भएको छ।
बहुमुखी प्रतिभाका धनी डा. आचार्य चिकित्सा क्षेत्रमा आफ्नो पहिचान बनाउनुका साथै संगीत क्षेत्रमा पनि नयाँ यात्राको सुरुवात गर्नुभएको छ। उहाँको शब्दमा तयार भएको गीत ‘तिम्रो एक नजरले’ डा. आचार्यकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा स्वर प्रताप दासको रहेको छ भने शब्द डा. सञ्जीव आचार्यको रहेको छ। गीतको संगीत श्रीधर अधिकारीले दिनुभएको छ। त्यस्तै, गीतको निर्देशन केशव राज भट्टले गर्नुभएको हो।
गीतको म्युजिक भिडियोमा स्वयं डा. सञ्जीव आचार्यसँगै आकृती तामाङ र चन्दन कुशवाहाको अभिनय रहेको छ।
चिकित्सा पेशासँगै साहित्य तथा संगीतप्रति समेत रुचि राख्दै आउनुभएका डा. आचार्यले आफ्नो पहिलो गीतमार्फत कलाक्षेत्रमा समेत पाइला राख्नुभएको छ। गीत सार्वजनिक भएसँगै उहाँका शुभेच्छुक तथा संगीतप्रेमीहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।
‘तिम्रो एक नजरले’ मार्फत डा. आचार्यको चिकित्सकीय परिचयसँगै उहाँको सिर्जनात्मक पक्षसमेत दर्शकमाझ प्रस्तुत भएको छ।
डा. सञ्जीव आचार्यको पहिलो गीत ‘तिम्रो एक नजरले’ सार्वजनिक