Advertisement

सिकलसेन एनिमिया तथा थालासेमिया रोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

नगेन्द्र केसी शुद्धाेधन रुपन्देही

शुद्धाेधन गाउँपालिका मानपकडी रुपन्देही स्थित लुम्बिनी प्रदेश स्वास्थ्य,जनसंख्या तथा परिवार कल्याण मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा र शुद्धाेधन गाउँपालिका कार्यालय मानपकडी रुपन्देहीको सहयोगमा सिकलसेन एनिमिया तथा थालासेमिया रोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम एक समारोहबीच बिहीबार सम्पन्न भएको छ।

शुद्धाेधन गाउँपालिका ५र६ का वडा स्थानीयवासीलाई सो रोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम थियो।शुद्धाेधन गाउँपालिका वडा नः५र६ मा सिकलसेन एनिमिया रोगका ६ जना बिरामी भेटिएको ले यो सिकलसेन एनिमिया तथा थालासेमिया रोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको र केही दिनमै यो रोग सम्बन्धि चेकजाँच गरिने शुद्धाेधन स्वा,शा,प्रमुख समीर भण्डारीले बताउनुभयो।उक्त कार्यक्रममा शुद्धाेधन गाउँपालिका ६ का जनप्रतिनिधिहरु र स्वास्थ्य चौकीका सोयमसेविका स्थानीय हरुको सहभागिता रहेको थियो।उक्त कार्यक्रममा प्रशिक्षक ज,स्वा,नि,रत्नलाल शर्मा,शुद्धाेधन स्वा,शा,प्रमुख समीर भण्डारीले सिकलसेल एनिमिया तथा थालासेमिया सम्बन्धि सहजीकरण गर्नु भएको थियो।सहजीकरण कै क्रममा सिकलसेल रोग एक प्रकारको वंशानुगत रोग रहेको बताउदै त्यसको रोकथामका लागि बैलेमा सबै सचेतहुन आग्रह गरिएको थियो।र यो रोग नेपालमा बढी विकृति तराई भागमा पाइएको छ। जस मध्य दाङ,बर्दिया,कैलाली,कंचनपुर,कपिलवस्तु,नवलपरासी,बाँके ,र रुपन्देही जिल्लाहरूमा देखिएको छ।भने थालासेमिया रोग थारु समुदायकामा देखिएको प्रशिक्षक ज,स्वा,नि,रत्नलाल शर्माले बताउनुभयो।यो रोग आमा बुबाबाट छोरा छोरीमा सर्ने भएकै कारण आमा र बाबा बन्नु भन्दा यस्को ग्रिानि गर्नु नै सबैभन्दा उत्तम उपाए रहेको कार्यक्रममा जानकारी गराईएको थियो । यो रोग जिनमा हुने खराबीले गर्दा हुने भएक कारण यो रोग लागेका बिरामीमा रक्तकोषहरु गोला आकारमा नभइ हँसिया आकारको हुने र सिकलसेलका बिरामीको शरीरिमा हँसिया आकारको रक्तकोष हुने भएकाले रक्त सञ्चार प्रवाहमा असर गर्ने र शरीरको विभिन्न भागहरुमा राम्रोसँग रगत प्रवाह नहुँदा शरीरको भित्री अंगमा अक्सिजनको मात्रा कम भई ती अंगहरुमा कडा खालको दुखाई हुने अनि रक्तअल्पताको समस्या समेत हुने भएकाले त्यस तर्फ सबै सचेत हुन जरुरी रहेको र नियमित डाक्टरको निगरानिमा रहनु पर्ने र एक वर्ष भन्दा मुनिका बच्चाहरुले प्रत्येक २ वा ३ महिनाको फरकमा ३डाक्टरको सल्लाह लिनु पर्ने ।

१ वर्ष वा २ वर्षका बच्चाहरुले कम्तीमा प्रत्येक ३ महिनाको फरकमा डाक्टरको सल्लाह लिनु पर्ने र २ वर्ष भन्दा माथीका व्यक्तिहरुले प्रत्येक वर्षमा कमसेकम एक पटक डाक्टरको सल्लाह लिनु पर्ने सो कार्यक्रममा जानकारी गराईएको थियो।साे कार्यक्रमको सञ्चालक शुद्धाेधन गाउँपालिका स्वास्थ्य शाखाका ,अ,न,मि,बविता न्यौपाने
गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *