गुल्मी । गुल्मीको सत्यवती गाउपालिका वार्ड न – ७ को चिदीपानीमा एक दिने बृहत निसुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। 
उक्त कार्यक्रम गुल्मी जुनियाँ चिदीपानी तराइ सम्पर्क समाज रुपन्देहीको आयोजनामा गुल्मीको श्री चिदीपानी मा.विमा भएको हो ।
बुटवलमा रहेको खत्री नर्सिङ्ग होम, चिदीपानीमै रहेको बिसौनी युवा क्लब ,जुनिया स्वास्थ्य चौकी, जोहाङ् प्राथमिक स्वास्थ केन्द्र तथा सत्यवती गा.पा र वार्ड न ७ को सहयोगमा चिदीपानी मा।बि को भवनमा यो कार्यक्रम सम्पन्न भएको हो।

भौगोलिक हिसाबले सत्यवती गाउपालिका ठुला ठुला पहाड, खोच, खोला नाला भएको हुँदा, सधै सहज तरिकाले घरदेखि अस्पतालसम्म जान अफ्ट्यारो हुने र स्थानीयहरु झार
फुक देखि सरिरमा जटिल अवस्था आउदा बाहेक सामान्य अवस्थामा आफ्नो स्वास्थको चेक जाँच गर्न अस्पतालसम्म जान अल्छी गर्ने गरेको अवस्थामा गाउमै निसुल्क स्वस्थ शिविर आउँदा बिहान ८ बजेदेखि साँझसम्म आफ्नो स्वास्थको जाँच गर्ने मानिसहरुको भिड भाड देखिएको थियो।
गुल्मी जुनियाँ चिदीपानी तराइ सम्पर्क समाजका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षता, गा.पा प्रमुख टिकाराम पाण्डे, सोही वडाका अध्यक्ष लोकबहादुर बुढाथोकी, शिविर कार्यकर्म संयोजक तथा सम्पर्क समाजका संयोजक डा.डी. बि खत्री, खड्क बहादुर शाही तथा वार्ड न ५ वडाध्यक्षको उपस्थितिमा शिविर सम्पन्न भएको हो ।

सम्पर्क समाजले पहिलो पटक निसुल्क स्वस्थ शिविर ल्याएको मा स्थानीयहरु हर्षित थिए। चिदीपानिमा मात्र नभएर जुनियामा समेत अब छिटै अर्को कार्यक्रम गर्ने तैयारी रहेको सम्पर्क समाजका प्रतिनिधिहरुले जानकारी दिएका थिए।
करिब ६०० जना लाभाम्बित भएको उक्त शिविरमा प्रेसर, सुगर, तथा अन्य रोगहरु को जाच, औसधी तथा २ भिडियो एक्सरेको समेत व्यवस्था गरिएको थियो।