नगेन्द्र केसी शुद्धाेधन रुपन्देही
रुपन्देहीको शुद्धाेधन गाउँपालिका स्वास्थ्य शाखाकाे आयोजनामा र साझेदार संस्था फेयरमेड फाउन्डेशन नेपाल र इन्द्रेणी ग्रामीण विकास केन्द्रकाे सहयोगमा
स्थानीय तहमा स्वास्थ्य सम्बन्धि योजना बजेट तर्जुमा छलफलकाे समिक्षा कार्यक्रम एक समारोहबीच शुद्धाेधन स्वास्थ्य शाखाकाे सभा हलमा सोमबार सम्पन्न भएको छ।
शुद्धाेधन गाउँपालिका प्रवक्ता एवम् सामाजिक विकास समितिका संयोजक केशवप्रसाद अधिकारीकाे अध्यक्षतामा र शुद्धाेधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममाथि प्रकाश शुद्धाेधन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले पार्नु भएको थियो।सो कार्यक्रममा तालिमको सहजिकरण फेयरमेड फाउन्डेशन नेपालका तुल्सीराम खनाल,इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपालका कार्यकारी निर्देशक प्रदिप शाह,इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपालका परियोजना अधिकृत किरण श्रेष्ठ,इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपालका सल्लाहकार विष्णु गौतमले सहजिकरण गर्नुभएको थियो।साे कार्यक्रममा पालिकाकाे वडाहरुमा स्वास्थ्य,सम्बन्धि योजनाकाे स्थिति र योजनाको बारेमा छलफल गरि स्वास्थ्य चौकी स्वास्थ्यकर्मी हरुकाे अवस्था र योजना र बजेटकाे अवस्थाकाे योजना समिक्षा कार्यक्रम गरिएको
इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपालका अशोककुमार बानियाले बताउनुभयो।उक्त कार्यक्रम सञ्चालन स्वास्थ्य शाखाका सि,अ,न,मी,छैठौं बविता न्यौपानेले गर्नुभएको थियो।