Advertisement

विद्यार्थीको रोजाईमा जनता मावी,प्राविधिक र साधारणधार तर्फ भर्ना खुल्यो

सियारी,रुपन्देही ।रुपन्देहीको सियारी ७ अमवामा रहेको जनता माध्यमिक विद्यालय बिद्यार्थीहरुको रोजाईमा परेको छ । स्थापना कालदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालयले पछिल्लो समय प्राविधिक धारतर्फ पनि कक्षा सञ्चालन प्रश्चात विद्यार्थीहरुको चाप बढेको छ।एसईईको नतिजा सार्वजनिक भएसङ्गै विद्यालयमा साधारण तर्फ कक्षा ११ र प्राविधिक धारतर्फ पशु र बाली विज्ञानमा ३ वर्षे र १८ महिने मा भर्ना खुलेको प्राचार्य सुरज नारायण चतुर्वेदीले बताउनुभयो ।

गत ०७९ सालको प्राविधिक धारतर्फ पशुविज्ञान तर्फ तेस्रो वर्षको परिक्षामा विद्यार्थी सरोज पन्थले ९०.९९ प्रतिशत ल्याइ लुम्बिनी प्रदेश प्रथम भएको विद्यालयमा यसपटक नयाँ व्यवस्थापन सहित भर्ना अभियान सञ्चालन गरिएको उहाले बताउनुभयो ।


पछिल्लो समय प्राविधिक शिक्षाको माग बढेसङ्गै विद्यालयमा रुपन्देही जिल्ला बाहेक गुल्मी,पाल्पा,अर्घाखाँची,प्युठान,कपिलवस्तु नवलपरासी लगायतका ठाउहरुबाट विद्यार्थीहरु आउने गरेका छन।

प्रयोगात्मक अभ्यासका लागि पर्याप्त जग्गा,कृषि यन्त्र तथा माछा पोखरी, कृषि तथा पशु क्लिनिक ब्यवस्था रहेको छ।विद्यालयमा पुस्तकालय,विज्ञान प्रयोगशाला,कम्प्युटर ,कृषि ,भेटेनरी प्रयोगशाला तथा खेलमैदान ,प्राबिधिक विषयहरुमा समय समयमा तालिम तथा अतिरिक्त कार्यक्रम ,विद्यार्थीहरुलाई पढाइ सङ्गै आयस्तरसङ्ग जोड्नका लागि पढ्दै कमाउदौ कार्यक्रम समेत ब्यवस्था तथा सञ्चालन भएको उहाले बताउनुभयो ।

ग्रामीण क्षेत्रका विद्यार्थीहरुका लागि युग सुहाउँदो प्राविधिक , जीवन उपयोगी तथा व्यवसायीक शिक्षा प्रदान गर्दै स्वरोजगार शिक्षा प्रदान गरेर स्वाबलम्बी बनाउने ब्यवस्थापन समिति अध्यक्ष केशब अधिकारीले बताउनुभयो ।

जनता मावीमा बिद्यार्थीका लागि आबश्यक पर्ने शैक्षिक वातावरण, गुणस्तरीय शिक्षा तथा दक्ष शैक्षिक जनशक्ति, उन्नत भौतिक पुर्वाधार र गौरवमय उपलब्धि रहेको अध्यक्ष अधिकारीले बताउनुभयो । ।
CTEVT अन्तर्गत ३ वर्षे डिप्लोमा अध्ययनका लागि slc वा SEE मा न्युनतम १.६ जिपिए प्राप्त र प्राविधिक SLC (TSLC/Pre-Diploma)को सम्बन्धित विषयमा न्युनतम ६८.३३ प्रतिशत अंक प्राप्त गरेको हुनुपर्ने कार्यक्रम संयोजक विमल रेग्मीले बताउनुभयो ।

प्रिडिप्लोमा तर्फ SLC वा SEE को सम्पुर्ण विषयमा समाबेश भइ न्युनतम E ग्रेड प्राप्त गरेको विद्यार्थीले समेत अध्ययन गर्न अवसर पाउने रेग्मीले जानकारी दिनुभयो ।
विद्यालयले यहि असार २९ गतेदेखि फारम वितरण गर्न सुरु गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *