Advertisement

शुद्धोधनमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

नगेन्द्र शुद्धाेधन रुपन्देही ।

रुपन्देहीको शुद्धाेधन गाउँपालिका ५ मानपकडी स्थित रुपन्देही विकास मञ्च तिलोत्तमा ५ रुपन्देहीको आयोजनामा शुद्धाेधन गाउँपालिका कार्यपालिका, यूनिभर्सल मेडिकल कलेज भैरहवा जिल्ला औषधि व्यवसायी संघ, रूपन्देही सहयोगमा शुद्धोधन वडा नः ५ मानपकडी स्वास्थ्य चौकीमा शुक्रबार एक समारोहबीच सम्पन्न भएको छ।

रूपन्देही विकास मञ्चले शुद्धाेधन गाउँपालिका भित्र रहेका स्थानीयहरुकाे हितका लागि जनरल फिजिसियन,स्त्री रोग विशेषज्ञ,छाला रोग बिशेषज्ञ, हाड जोर्नी विशेषज्ञ, मनोरोग विशेषज्ञ नाक, कान, घाटी रोग बिशेषज्ञहरुकाे टोलीबाट स्वास्थ्य प्रशिक्षण गरिएको थियो।३ सयभन्दा बढी सेवाग्राहीले सेवा प्रदान गरिएको र यश रुपन्देही विकास मञ्च तिलोत्तमा ५ रुपन्देहीले जिल्लाका विभिन्न नगरपालिका र गाउँपलिकामा स्वास्थ्य, विभिन्न वातावरण सरसफाइ जनचेतनामूलक कार्यक्रम गरिने भएको ले विभिन्न कार्यक्रमकाे सुरुवात शुद्धाेधन गाउँपालिका बाट गरिएको रुपन्देही विकास मञ्चका अध्यक्ष पुष्पा चौधरीले बताउनुभयो।

शुद्धाेधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले जनतालाई स्वास्थयमा जागरुक बनाउने उद्धेश्यले विभिन्न सामाजिक संघ संस्थाहरुसाग समन्वय गरी शुद्धाेधन गाउँपालिका का स्थानीयवासी हरुलाई निशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहेको र निशुल्क स्वास्थ्य शिविरको पहल एवं सहजीकरण गर्नुहुने रुपन्देही विकास मञ्चका अध्यक्ष पुष्पा चौधरी र मञ्चका सबै पदाअधिकारी हरुलाई धन्यवाद बस्यालले दिनुभएकाे थियो।

युनिभर्सल कलेज अफ मेडिकल साइन्स शिक्षण अस्पतालका डा सुधन देवकोटा लगायत १४ जना विभिन्न रोगका विशेषज्ञहरुकाे उपस्थित रहेको थियोे।उक्त शिविरमा औषधि समेत निशुल्क रुपमा बितरण गरिएको थियो।

रुपन्देही विकास मञ्चका अध्यक्ष पुष्पा चौधरीकाे अध्यक्षतामा शुद्धाेधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालकाे प्रमुख आतिथ्यतामा भएको निःशुल्क स्वास्थ्य शिविरमा पालिकाका विभिन्न संघसंस्थाका प्रतिनिधि,राजनीति दलका प्रतिनिधि र स्थानीयवासीहरु लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *