Advertisement

भोलीदेखि हुने ‘दोस्रो धुर्कोट सांस्कृतिक तथा व्यापार मेला–२०८०’ को सबै तयारी पुरा

सुशील खनाल

गुल्मीको धुर्कोट गाउँपालिकामा आइतबार अर्थात भोलीदेखि हुने ‘दोस्रो धुर्कोट सांस्कृतिक तथा व्यापार मेला–२०८०’ को सबै तयारी पुरा भएको छ । धुर्कोट सिर्जनशिल रिपोर्टस युवा क्लवको अयोजना, धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोकको सह–आयोजना तथा जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेट प्रा.लि., बुटबलको व्यवस्थापनमा हुन गइरहेको महोत्सवको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ । गाउँपालिकाको वडा नम्बर ४ जैसिथोक स्थित कालापोखरा खेल मैदानमा हुने कार्यक्रममा ४५ वटा स्टल रहनेछन् । कार्यक्रमको लागि आवश्यक पर्ने मञ्च व्यवस्थापन, प्रचार–प्रसार लगायतका सबै तयारी पुरा भएको क्लवका अध्यक्ष अर्जुन भण्डारीले जानकारी दिए । ‘समृद्ध धुर्कोट हाम्रो शान, कला, गला, संकृति र पर्यटन हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ असौज २८ देखि कात्तिक ४ गतेसम्म महोत्सव संचालन हुनेछ । धुर्कोट गाउँपालिकाका पर्यटकीय स्थलहरुको प्रचार गर्दै पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको हो । कार्यक्रममा बोम बहादुर कार्की, विष्णु खत्री, चन्द्र शर्मा, बद्री पंगेनी, प्रकाश शपुत, पशुपति शर्मा, खुमन अधिकारी, पुष्कल शर्मा, हेमन्त शर्मा, सिम्रन परियार लगायतका कलाकारहरुको प्रस्तुती रहने क्लवले जनाएको छ । पहिलो दिनको कार्यक्रम गुल्मी क्षेत्र नम्बर २ का सासंद एवं पूर्व मन्त्री गोकर्ण विष्टले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा सामुदायिक रेडियो धुर्कोटले मिडिया पार्टर एवं धुर्कोट गाउँपालिकाले संरक्षकको भूमिका निर्वाह गर्ने जनाइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *