Advertisement

दर्वहवा पौराणिक तथा धार्मिक मेला मंसिर १० गतेबाट,२ लाख दर्शकले अवलोकन गर्ने अनुमान

शुद्धोधन रुपन्देही ।

रुपन्देहीको पश्चिम क्षेत्रकै प्रसिद्ध दर्बहवा पौराणिक तथा धार्मिक मेला यहि मंसिर १० गतेबाट सुरु हुने भएको छ।
जिल्लाको शुद्धोधन गाउँपालिका वडा न. ५ मानपकडी स्थित दर्वहवा कोटहीमाई मन्दिरको परिसरमा हुने मेला  १५ गतेसम्म सञ्चालन हुने आयोजकले बिहीवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ।
दशकौदेखि निरन्तर सञ्चालन हुँदै आएको मेलाको तयारी तीव्र रूपमा भैरहेको मेला ब्यवस्थापन समिति अध्यक्ष विरेद्र प्रसाद थारुले जानकारी दिनुभयो ।करिब ५०० स्टल रहने मेलामा विभिन्न स्थानीय उत्पादनका साथै स्थानीय परिकार प्रर्दशनी रहने उहाले बताउनुभयो ।
करिब ९० प्रतिशत स्टल बुकिङ भैसकेको कोषाध्यक्ष विपिन कुर्मीले जानकारी दिए।
मेला स्थल भित्र विभिन्न भेषभुषा, कला संस्कृति, खानपान लगायतको प्रर्दशनी गरिने सांस्कृतिक कार्यक्रम संयोजक दिपक बुढाथोकीले जानकारी दिए।
कार्यक्रमको मुख्य आकर्षणको रुपमा चर्चित कलाकार मेलिना राई,र्‍यापर माइला,डान्सर आस्मा विश्वकर्मा, टिकटक स्टार प्रीति पासवन,डिजे लगायत स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने उनले बताए।


मेला अवधिभर करिब २ लाख दर्शकले अवलोकन गर्ने आयोजकले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *