Advertisement

११औं संस्करणको फर्साटिकर कप सुरु,उद्घाटन खेलमा सुपौली विजयी

शुद्धोधन रुपन्देही ।

रुपन्देहीको शुद्दोधन गाउँपालिका -४  फर्साटिकरमा  ११ औ शुद्धोधन गाउँलालिका  फर्साटिकर कप सुरु भएको छ।फर्साटिकर युवा क्लबको आयोजनामा फर्साटिकर माविको प्राङ्गणमा  सुरु प्रतियोगिताको शुद्धोधन  गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले उद्घाटन गर्नुभयो ।

प्रतियोगिता अन्तरगत उद्घाटन खेलमा  शुद्दोधन खेलकुद विकास समिती  र सम्पुर्ण युवा क्लब सुपौली बीच खेल प्रतिस्पर्धा भएको थियोे ।

प्रतियोगितामा सम्पूर्ण युवा क्लब सुपौलिले १ का विरुद्ध ४ गोलको अन्तरले शुद्दोधन खेलकुद विकास समितिलाई  पराजित गरेको थियो ।

 सोमबारको खेलको म्यान अफ द म्याच सम्पूर्ण युवा क्लब सुपौलीका जर्सी नम्बर -११ का खेलाडी सनम गुरुङ घोषित भए ।एनफा उपाध्यक्ष दीर्घ बहादुर केसि कुमारले म्यान अफ द म्याच पुरस्कार प्रदान गर्नुभयो।


प्रतियोगिताको प्रथम पुरस्कार २ लाख ७५ हजार ५ सय ५५ रुपैया कप मेडल प्रमाणपत्र रहेकोे छ भने दोस्रो पुरस्कार १ लाख ३५ हजार ५ सय ५५ रहेकोे छ।

कार्यक्रममा काठमाडौ टाइगर्स फुटसलको तर्फबाट ६९ हजार ९ सय ९९ रुपैयाँको चेक फर्साटिकर कपलाई सहयोर्थ प्रदान गरिएको थियोे ।

फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुवरको अध्यक्षता, शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव जय प्रकाश भट्टराई ,शुद्दोधन -२ का अध्यक्ष कमल खड्का लगायतले मन्तव्य दिनुभएको थियो । खेल संयोजक अमृत खड्काको स्वागत मन्तव्य र क्लबका आजिवन सदस्य महेन्द्र गौतमको संचालनमा सम्पन्न कार्यक्रममा क्लबका संरक्षक चक्रबहादुर कुवर , रुपन्देही फुटबल संघका अध्यक्ष लोकबहादुर पुन ,क्लबका संस्थापक अध्यक्ष दामोदर पङ्गेनी लगायतको आतिथ्यता रहेकोे थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *