कृष्ण पौडेल
रुपन्देही
रुपन्देहीको शुद्धोधन गाउँपालिका ४ सौ,फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा शुद्धोधन गाउँपालिका ११ औ फर्साटिकर कपमा हनामी बि. अफ सि चितवनले ० का विरुद्ध ४ गोलको अन्तरले सुनौलो संगम युवा क्लब देवी नगर लाई पराजित गरेको छ ।
खेलमा हनामी बि. अफ सि चितवनका जर्सी न ९ का खेलाडी अनिल राना मगरले पहिलो खेलको २५ मिनेटमा पोहीलो गोल त्यसैगरी जर्सी न १२ का खेलाडी राज भुसालले दोस्रो खेलको २५ मिनेटमा दोस्रो गोल
त्यसैगरी जर्सी न ८ का खेलाडी अभी लामाले दोस्रो खेलको ३४ मिनेटमा तेस्रो गोल त्यसैगरी जर्सी न १४ का खेलाडी सुनाम धिमालले दोस्रो खेलकाे ३६ मिनेटमा चौथो गोल गर्दै हनामी बि. अफ सि चितवनले जम्मा ४ गोल हान्न सफल भएको थियो।
सुनौलो संगम युवा क्लब देवी नगरले भने खेल काे अन्तिम सम्म कुनै गोल गरेन, आईतवार खेलको म्यान अफ द म्याच जर्सी न ८ का खेलाडी अभी लामा भएका थिए ।
लुम्विनी प्रदेश फुटबल संघका सदस्य तथा
फर्साटिकर युवा क्लब फर्साटिकरका लेखा संयोजक भेषराज पौडेलले म्यान अफ द म्याच पुरस्कार प्रदान गर्नुभएको थियो।