Advertisement

राइजिङ्ग स्टार नवलपरासीलाई हराउदै विश्वशान्ति सालझन्डी फर्साटिकर कपको फाइनलमा प्रवेश

रुपन्देहीको शुद्दोधन गाउँपालिका वडा नम्बर चार सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा पौष नौ गतेदेखि संचालित शुद्दोधन गाउँपालिका एघारौं फर्साटिकर कप प्रतियोगिता अन्तरगर बिहीबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा बिश्वशान्ती युवा क्लब फाइनलमा प्रवेश गरेको छ।बिश्वशान्ती युवा क्लब र राइजिङ्ग स्टार एफ सि नवलपरासी बीच भएको प्रतियोगितामा विश्वशान्ती युवा क्लबले एकका विरुद्ध तीन गोलको अन्तरले राइजिङ्ग स्टार एफ सि नवलपरासीलाई पराजित गरि फाइनल खेलमा प्रवेश गरेको हो।


बिश्वशान्ती युवा क्लब सालझन्डिका जर्सी नम्बर एघारका फागुराम थारुले दोस्रो हाफको दुई मिनेटमा टिमको लागि पहिलो गोल , जर्सी नम्बर दुइका छिरिङ्ग लामाले दोस्रो हाफको तिसौ मिनेटमा दोस्रो गोल र जर्सी नम्बर तेईसका रनजित आलेले दोस्रो हाफको पैंतालीस पलस दुई मिनेटमा तेस्रो गोल गरि टिमलाई विजय गराएका थिए ।
राइजिङ्ग स्टार बिएफसीका जर्सी नम्बर नौका मनिष पौडेलले पहिलो हाफको अडतिसौ मिनेटमा आफ्नो टिमको लागि एक गोल गर्न सफल भएका थिए ।

बिहीबारको खेलको म्यान अफ द म्याच विश्वशान्ती युवा क्लबका जर्सी नम्बर दुइका छिरिङ्ग लामा घोषित भए ।फर्साटिकर युवा क्लबका पुर्व खेलाडी विरेन्द्र चौधरीले म्यान अफ द म्याच पुरस्कार प्रदान गर्नु भयो ।
पौष २१ गते हुने फाइनल खेलमा सम्पूर्ण युवा क्लब सुपौली र बिश्वशान्ती युवा क्लब बीच कडा प्रतिस्पर्धा हुने खेल संयोजक अमृत खड्काले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *