Advertisement

शुद्धोधन तिज गीत प्रतियोगितामा तिलोत्तमा मावी प्रथम,बैकुण्ठ र पुर्णकलाले दर्शक झुमाए

रुपन्देहीको शुद्धोधन ४ फर्साटिकरमा बृहत् तिज गीत प्रतियोगिता सम्पन्न भएको छ।

सौ फर्साटिकर व्यापार संघको आयोजनामा भएको प्रतियोगितामा २० टोलि सहभागी प्रतियोगितामा तिलोत्तमा अङ्ग्रेजी मावीले प्रथम स्थान हासिल गर्दै नगद २० हजार प्राप्त गर्न सफल भयो ।नव जागृती आमा समूह  द्वितीय हुँदै १५ हजार ,फर्साटिकर मावीले तृतीय  हुँदै १० हजार र शान्तिनगर पथ समाज प्रथम,ड्रीम भिजन स्कुल अफ फर्साटिकर  सान्त्वना स्थान  हासिल गर्दै नगद ५ हजार र प्रमाणपत्र प्राप्त गरे।

विधागत तर्फ उत्कृष्ट दिदिबैनी आमा  समुह भएको छ उसले नगद ५ हजार र प्रमाणपत्र प्राप्त गरेको छ।कार्यक्रममा लोकदोहोरी  गायक बैकुण्ठ महत र गायिका पुर्णकला विसिले आफ्नो प्रस्तुतिबाट दर्शकलाई झुमाएका थिए ।

प्रतियोगितामा स्थान हासिल गर्ने समुहलाइ शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल,शुद्धोधन वडा न.४ का वडा अध्यक्ष केशब प्रसाद अधिकारी,ब्यापार संघ  अध्यक्ष लालमणी श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *