Advertisement

यज्ञोदय क्याम्पस बिबिएस प्रथम वर्षको नतिजामा लुम्बिनी प्रदेशमै सर्वौउत्कृष्ट

अर्जुन खत्री।रुपन्देही ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न.३ मा अवस्थित यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस  बिबिएस पहिलो वर्षमा लुम्बिनी प्रदेशमै सर्वौउत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।प्रथम वर्षको परिक्षाको नतिजामा आकृती उपाध्यायले ७७.८%  अर्थात विशिष्टीकृत श्रेणी ल्याउदै लुम्बिनी प्रदेशमै प्रथम हुन सफल भएको क्याम्पस प्रमुख टंकप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाले भन्नुभयो” उपाध्याय लुम्बिनी प्रदेशमै प्रथम हुन सफल भएकि छन त्यती मात्र नभई नेपालमै सम्भवत प्रथम पनि हुन सक्छ ।हामिले बुझिरहेका छौ,प्रथम नभएपनि द्वितीय स्थान पक्कै हो”। यस्तै आकृति अधिकारीले ७६.६% सहित विशिष्टिकृत श्रेणीमा उत्तीर्ण भएको प्रमुख पौडेलले बताउनुभयो ।रुपन्देहीको तिनाउ पश्चिम ग्रामीण भेगमा रहेको क्याम्पसले विगतका केही वर्ष यता उत्कृष्ट नतिजा ल्याउदै आएको छ। गत बिबिएस दोस्रो वर्षको नतिजामा अतुल मिश्र लुम्बिनी प्रदेशमा प्रथम हुन सफल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *