लायन्स क्लब अफ शुद्धोधनले समैदेवी प्राविमा जाडोमा न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेको छ।शुक्रबार शुद्धोधन वडा न.२ मा अवस्थित विद्यालयमा अध्ययनरत ७३ जना विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा(स्विटर) तथा शैक्षिक सामाग्री वितरण गरेको हो।कार्यक्रमका प्रमुख अतिथि शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याले लायन्सले देउसी भैलोमा संकलित रकमलाई विद्यार्थीहरुको भविष्य निर्माणका लागि शैक्षिक सामाग्री तथा जाडोमा न्यानो कपडा वितरणको काम सराहनीय भएको जिकिर गर्नुभयो ।उहाले लायन्स सङ्गस्ङ्गै सहकार्य र समन्वय गर्न पालिका सदैव तत्पर रहने कुरासमेत बताउनुभयो ।

क्लब अध्यक्ष ऋषिराम आलेले विन्टर केयर एण्ड लर्निङ एड कार्यक्रम अन्तर्गत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको जानकारी दिनुभयो। लायन्सले स्थापनाकाल देखि नै विभिन्न सामाजिक कार्यहरु गरेको स्मरण गर्दै आगामी दिनमा पनि सामाजिक कार्यहरू तर्फ अग्रसर हुने आलेले बताउनुभयो ।कार्यक्रममा डिष्ट्रीक गोभर्नर एमजी अफ पुरुसोत्तम भक्त प्रधानाङ्गले लायन्सको चर्चा गर्नुभयो । लायन्स क्लब इन्टरनेशनल 325 पि नेपालका जिएलटी कोडिनेटर दिपक प्रसाद श्रेष्ठ ,लायन्स क्लब इन्टरनेसनल 325 पि कलस्टल चिफ यम कान्त गैरे,लायन्स क्लब इन्टरनेसनल 325 रिजनल चियरपर्सन कुमार तामाङ,विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर चौधरी लगायतको उपस्तिथिमा कार्यक्रम भएको थियो।

क्लबका कपिल अर्यालको स्वागतबाट सुरु कार्यक्रम ऋषिराम आलेको अध्यक्षता एंव सचिव खेम कुवरको सञ्चालनमा सम्पन्न भएको थियो ।