अर्जुन खत्री,शुद्धोधन रुपन्देही ।
चामुण्डा कृषि सहकारी संस्था लिमिटेड शुद्धोधन ४ फर्साटिकरको ९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।शनिबार रिद्धीसिद्धि पार्टी प्यालेसमा भएको कार्यक्रममा शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले उद्घाटन गर्नुभयो ।
सहकारी अध्यक्ष शेरबहादुर काफ्लेले सञ्चालक समितिको प्रतिवेदन र लेखासंयोजक शोभा कुमारीले लेखा सुपरिवेक्षण प्रतिवेदन, कोषाध्यक्ष हुमराज ढकालले आय व्ययको प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदन अनुसार संस्थाले ७७ लाख शेयर पूँजी तथा २ करोड ७८ हजार ७ सय ५० कर्जा लगानी गरि १ करोड ५२ लाख ८४ हजार ६ सय ७४ रुपैयाँ बचत संकलन गरेको छ।

सहकारीले ६ लाख ७ हजार ३१ रुपैयाँ नाफा कमाउन सफल भएको छ। सहकारीको ७ करोड ६१ लाख ६२ हजार ९ सय १७ रुपैया कुल पुजी संकलन गरेको छ।हाल सस्थामा २९९ जना सेयर सदस्य रहेका छन।
