Advertisement

शुद्धोधन गाउँपालिकाको नाम शुद्धीकरण प्रस्ताव हिउँदे अधिवेशनमा पारित,अब शुद्धोदन रहने

शुद्धोधन।शुद्धोधन गाउँपालिकाले आफ्नो नामको शुद्धिकरण र दीर्घकालीन विकासका लागि नाम परिवर्तनको प्रस्तावसहित १२ वटा प्रमुख कार्यसूची पारित गरेको छ। हिउँदे गाउँसभा अधिवेशनमा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले प्रस्तुत गरेका यी कार्यसूचीहरू सभाले सर्वसम्मत अनुमोदन गरेको हो।

गाउँपालिकाका प्रवक्ता केशव प्रसाद अधिकारीले नाम शुद्धिकरण र परिवर्तनको प्रस्ताव पेश गर्दै, गाउँपालिकाको नाम ‘शुद्धोधन’ लाई व्याकरणिक रूपमा परिमार्जन गरी ‘समृद्ध शुद्धोधन’ बनाउने प्रस्ताव अगाडि बढाइएको जानकारी दिनुभयो। यसले गाउँपालिकाको दीर्घकालीन विकास र समृद्धिलाई केन्द्रित गर्ने विश्वास व्यक्त गरिएको छ।हालसम्म प्रचलित नेपालीमा शुद्धोधन र अङ्ग्रेजीमा Suddhodhan भएकोमा अबदेखि नेपालीमा शुद्धोधन र अङ्ग्रेजीमा Suddhodan बनाउने  बनाउने गरि सभाले पारित गरेको छ।

गाउँपालिकाको हिउँदे गाउँसभा अधिवेशन २१ गते आइतबारदेखि सुरु भई मंगलबार सम्पन्न भएको हो। प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर घर्तिको संचालनमा सम्पन्न यस अधिवेशनमा चालू आर्थिक वर्षको वार्षिक बजेट पारित गर्नुका साथै अन्य १२ वटा महत्वपूर्ण कार्यसूचीहरू अनुमोदन गरिएको छ।

सभाले पारित गरेका अन्य प्रमुख कार्यसूचीहरूमा बजेट व्यवस्थापन, स्थानीय पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्रवर्द्धन, र ग्रामीण क्षेत्रको समृद्धिका लागि नयाँ योजनाहरू समेटिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *