Advertisement

एलिस खनालको अभिनयमा राहदानी सार्वजनिक

काठमाडौं । कलाकार एलिस खनालको अभिनयमा ‘राहदानी ’ बोलको म्यूजिक भिडिओ भएको छ । गीतकार धनबीर थापाद्वारा रचना गरिएको उक्त गीतमा राजकुमार बगरको संगीत निर्देशन रहेको छ । गीतलाई बगरले नै रेकर्डिङ-मास्टरिङ गरेका छन् । कमल सौरागले यो गीतलाई संगीत संयोजन गरेका छन् । यो गीतको म्युजिक भिडियोमा एलिस खनाल ,रोशनी कार्की बाल कलाकार दियन गौतम तथा एञ्जल खनालले अभिनय गरेका छन् । भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन तथा सुव्रत आचार्यको निर्देशन रहेको छ । गीतकार बसन्त वित्यासी थापा यो गीत तथा भिडियोका निर्माता हुन् । यो भिडियो भकारी एमडिसीको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *