रुपन्देहीको शुद्धोधन -३, रमवापुरस्थित यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चिता प्रत्यायन (QAA) प्रमाण-पत्र प्राप्त गरेको छ। बिश्वबिधालय अनुदान आयोग (UGC) नेपालद्वारा २०८१ माघ १३ गते सानो ठिमी, भक्तपुरमा आयोजित कार्यक्रममा यो प्रतिष्ठित प्रमाणपत्र प्रदान गरिएको हो।

क्याम्पसले शैक्षिक गुणस्तर, पारदर्शिता, व्यवस्थापन क्षमता, र विद्यार्थीमाझ उपलब्ध स्रोत-साधनको उपयोगको आधारमा यो सम्मान प्राप्त गरेको छ। QAA प्रमाणपत्रले यस क्याम्पसको शैक्षिक तथा व्यवस्थापकीय उत्कृष्टतालाई थप पुष्टि गरेको छ।
क्याम्पस प्रशासनले यो उपलब्धि समर्पित गर्दै विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक, र समुदायको निरन्तर सहयोगको लागि आभार प्रकट गरेको छ। यस उपलब्धिले आगामी दिनमा क्याम्पसले अझ बढी प्रगति गर्ने आत्मविश्वास बढाएको छ।
QAA प्रमाणपत्र प्राप्त गर्नु नेपालको शैक्षिक क्षेत्रमा उत्कृष्टता प्राप्त गर्नका लागि ठूलो उपलब्धि मानिन्छ। यसले क्याम्पसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बनाउन थप प्रेरणा प्रदान गर्नेछ।हाल सम्म देश भरी मा आङिक सामुदायिक र प्राईभेट मध्ये १०१ वटा क्याम्पस मात्र QAA ACCREDITATION प्राप्त गरि अन्तरास्ट्रिय गुणस्तर स्तर मा पुगेको तथ्यांक कार्यक्रमकै बिच अनुदान आयोग ले प्रस्तुत गरेको थियो