रुपन्देहीको शुद्धोदन गाउँपालिकामा चौथो शुद्धोदन शैक्षिक खेलकुद महोत्सव तथा अध्यक्ष कप आजबाट फर्साटिकर खेलमैदान बर्मेली टोलमा सुरु भएको छ।माघ २९ गतेदेखि फागुन २ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा गाउँपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको छ।
प्रतियोगितामा फुटसल, भलिबल,प्रतियोगिताहरुमा १०० मी. दौड छात्रा/छात्र,४०० मी. दौड ,छात्रा/छात्र १५०० मी. दौड छात्रा/छात्र,१००,४ मी. रिले ,छात्रा/छात्र ४००,४ मी. रिले छात्रा/छात्र ,लङजम्प ,छात्रा/छात्र हाइजम्प छात्रा/छात्र ,ट्रिपलजम्प छात्रा/छात्र,सटपुट छात्रा/छात्र ज्यामलिन थ्रो छात्रा/छात्र लगायतका खेलहरू समावेश गरिएका छन्।शुद्धोदन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्यालले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदको महत्व उल्लेख गर्दै निरंतरता दिनुपर्ने बताउदै सहभागी विद्यार्थीहरूलाई हौसला प्रदान गर्नुभयो ।

शुद्धोदन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले पालिका भित्र रहेका खेलाडीहरूले जिल्ला बाहिरबाट विभिन्न प्रतियोगितामा सफलता प्राप्त गरेर पालिकाको नाम उच्च बनाएको मा सबै लाई धन्यवाद दिनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर घर्तीले शुद्धोदनलाई खेलकुदका माध्यमबाट चिनाउन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।सामाजिक विकास समिति संयोजक एवं वडा- ४ का वडाध्यक्ष केशव अधिकारीले भौतिक विकाससँगै सामाजिक विकासलाई पनि प्राथमिकता दिँदै खेलकुद क्षेत्रका प्रतिभालाई अगाडि ल्याई उनीहरूका लागि आयआर्जनको अवसर सिर्जना गर्नुपर्ने बताउनुभयो।

शुद्धोदन गाउँपालिका-५ का वडाध्यक्ष चन्द्रभान चौधरीले यस्तो प्रतियोगिता विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि महत्वपूर्ण हुने बताउनुभयो।