Advertisement

शंकर माविको स्वर्ण महोत्सव सम्पन्न

शंकर माध्यमिक विद्यालय  शुद्धोधन ३ बेतहि रुपन्देहीको स्वर्ण महोत्सव सम्पन्न भएको छ ।
बिधालय ब्यबस्थापन समितिका अध्यक्ष हेम बहादुर खड्काको अध्यक्षता , प्रदेस सभा सदस्य तुल्सि चौधरीको प्रमुख आतिथ्यत तथा शुद्धोधन गाँउपालिकाका अध्यक्ष बिस्नुबस्याल को विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै एमाले लुम्बिनी प्रदेशका प्रमुख सचेतक चौधरीले शिक्षाको बिकासले मात्र समग्र बिकास गर्न सकिने बताउनु भयो ।
शुद्धोधन गाउपालिका अध्यक्ष बिस्नु बस्यालले आफ्नो गाउपालिकामा शंकर मा बि ले शिक्षा क्षेत्रमा पहिलो स्थान प्राप्त गरेको भन्दै बिधालय र सिङ्गो सुद्दोधनको बिकासमा आफुले सकेसम्म सहयोग गर्ने बताउनु भयो
कार्यक्रममा बोल्दै संविधान सभा सदस्य सोनिया यादवले बिधालय समग्र बिकासमा सबैको उत्तिकै भुमिका रहेको भन्दै बिद्यालयले गरिब बिपन्न परिबारका बालबालिका शिक्षा मा महत्त्वपूर्ण भुमिका निर्माण गरेको बताउनु भयो ।शुद्धोधन गाँउपालिकाका उपाध्यक्ष सान्ता ज्ञवालिले पालिकाको अग्र स्थान बनाएको बिधालयले आगामी दिनमा अझै प्रगति गरोस भन्दै बिधालयको लागि आफुहरुको सहयोग रहने बताउनु भयो ।

कार्यक्रममा बोल्दै सुद्दोधनका प्रबक्ता तथा वडा न ४ का अध्यक्ष केसव अधिकारीले बिधालय शिक्षामा शंकर मा बि पालिकामै अग्रपन्तिमा रहेको भन्दै अरु बिधालयले यो बिधालयबाट सिक्नु पर्ने बताउनु भयो 

कार्यक्रममा नेकपा एमाले शुद्धोधनका अध्यक्ष राजेन्द्र कडेल ,नेकपा माओबादी सुद्दोधनका सचिव राम  बिस्वकर्मा ,स्वतन्त्र पार्टी सुद्दोधन बौद्द्ल शर्मा ,शिक्षक महासङ रुपन्देही अध्यक्ष लिलाधर न्यौपानेले ग्रामिण क्षेत्रमा रहेर बिधालयले सर्बोकृट शिक्षा प्रदान गरेको बताउनु भयो । कार्यक्रममा भगलापुर माबि प्र अ केसब भन्डारी ,सिद्धाथ बोर्डिङ स्कुलका प्र अ ऋषिराम बस्याल ,पुर्ब अध्यक्ष तथा सल्लाहकार हुमराज ढकाल,बिधालयका सल्लाहकार कुलानन्द चालिसे शिक्षक कुसल खनाल लगायतले बिधालयले शिक्षाको क्षेत्रमा खेलेको भुमिकाको बिषयमा बोल्नु भएको थियो । बिधालयका प्रधानाध्यापक टंक पौडेलले बिधालयको प्रतिबेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा बिधायलमा बिभिन्न काल खन्डमा सहयोग गर्ने सहयोग दाता , जग्गादाता,भुपुशिक्षक,कर्मचारी,बिद्यार्थि लगायतलाई सम्मान गरिएको थियो ।

कार्यमक्रमको संन्चालन बिद्यालयका शिक्षक खिम ब खत्री र राजेश चौधरीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *