शुद्धोधन।
राष्ट्रिय स्वतन्त्र पार्टी शुद्धोधन गाउँपालिका सभापति बौद्धलाल शर्माले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण गर्नुभएको छ।रुपन्देहीको शुद्धोधन ४ मा रहेको खजुरिया प्राविका ८० जना विद्यार्थीहरुलाइ प्रदान गरिएको छ।शर्मा र उहाकी नातिनी मोनिका घिमिरेको जन्मदिनमा विद्यार्थीहरुलाइ स्कुलले पोशाक वितरण गरिएको हो।
कार्यक्रममा बोल्दै शर्माले जन्मदिन मनाउने नाउमा भड्किलो र विकृती भइरहेको समयमा आफुहरुले जन्मदिनलाई विद्यार्थीहरु सङ्गै मनाउने सोच बनाएर जेहेन्दार विद्यार्थीहरुलाइ पोशाक वितरण गरिएको बताउनुभयो ।उहाले यस्ता कार्यक्रमले विद्यार्थीहरुको थप शैक्षिक गुणस्तरमा टेवा पुग्ने बिश्वास गर्नुभयो ।

कार्यक्रम शिक्षक अभिभावक संघ अध्यक्ष भिमबहादुर छहारीको अध्यक्षता,समाजसेवी,बुद्धिजिवि,शिक्षक,विद्यार्थी लगायतको उपस्तिथिमा सम्पन्न भएको थियो ।