शुद्धोधन।।
रुपन्देहीको शुद्धोधन ४ मा अवस्थित लिटल फ्लावर्स अङ्ग्रेजी माध्यमिक विद्यालयमा विदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।विद्यालयका कक्षा ०९ का विद्यार्थीहरुले कक्षा १० का(एसईई)मा सम्मिलित विद्यार्थीहरुलाई विदाइ गरेका हुन ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रबन्ध निर्देशक पानकुमार फौदारले आउदै गरेको एसईई परिक्षामा सहभागी विद्यार्थीहरुलाइ शुभकामना व्यक्त गर्दै शैक्षिक प्रगतिको कामना गर्नुभयो।उहाले जिपिए ४ ल्याउने ५० हजार नगद,गाउँपालिकामा उत्कृष्ट नतिजा ल्याउने लाई २५ हजार ,ए प्लस ल्याउनेलाई ५ हजार नगद सहित पुरस्कार प्रदान गरिने बताउनुभयो।विद्यालयकी प्राचार्य दिलकुमारी फौदारले अभिभावक र शिक्षकहरु विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधारका लागि लागेको भन्दै विद्यार्थीहरुले सोही अनुरुपको मेहनतबाट नतिजा निकाल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहायक प्राचार्य इन्द्र क्षेत्री,शिक्षकहरु विना बानिया,रवि केसि ,लक्ष्मी खरेल,नारायण खरेल ,कक्षा ९ को तर्फबाट आविष्कार पोख्रेल र वर्षा पाण्डे लगायतले शुभकामना व्यक्त गर्नुभयो ।
कक्षा १० को तर्फबाट आयोमी श्रष्ठ,सुमना रानाले भनाइ राख्दै १३ वर्ष सम्म यात्रा गरेको एउटा घरलाई छोडेर जान पर्दा नरमाइलो लागेको बताएका थिए ।उनीहरुले लिटर फ्लावर्सको नाम आफू मार्फत चिनाउन प्रत्यत्न गर्ने बताए ।कार्यक्रम कक्षा ९ कि निकिता सापकोटाको अध्यक्षता एंव सुलभ खत्री र श्रीसा आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो।
