शुद्धोधन।
रुपन्देहीको पश्चिम क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउन सफल निजि विद्यालय लिटल फ्लावर्स अङ्ग्रेजी माध्यमिक विद्यालयले २०८१सालको पालिका स्तरिय परिक्षाको नतिजा उत्कृष्ट ल्याउन सफल भएको छ। विद्यालयककि छात्रा परिसा बस्नेत छात्रातर्फ प्रथम र समर्थ फौदार छात्रतर्फ प्रथम हुन सफल भएको विद्यालयले जनाएको छ। बस्नेतले ३.८६ र फौदारले ३.८३ जिपिए प्राप्त गरेको विद्यालयको प्रधानाध्यापक दिलकुमारी फौदारले जानकारी दिनुभयो ।आश्रीत आचार्य पनि पालिकामा तृतीय स्थान हासिल गर्न सफल भए ।
यस्तै कक्षा ५ को पालिकास्तरिय परिक्षाको नतिजमा रिसिका कार्की पालिका प्रथम हुन सफल भएकि छन।उनले ३.९६ जिपिए प्राप्त गरेको विद्यालयले जनाएको छ।