म्युजिक भिडियोमा सक्रिय रहका एलिस खनाल चलचित्र डेव्यु पक्का भएको छ। एक्सन स्टार निखिल उप्रेतीको प्रमुख भूमिका रहने चलचित्र ‘आचार्य’ मार्फत उनले नेपाली चलचित्र क्षेत्रमा डेव्यु गर्ने भएका हुन् । उनले निर्देशक समेत रहेका निखिल उप्रेती र उनको टीमसंग चलचित्रमा काम गर्ने औपचारिक सम्झौता गरेका छन ।
एलिसले आफ्नो फेसबुकमा निखिल र निर्माण नियन्त्रक दिपेन गौतम संग फोटो राखेर उक्त कुराको औपचारीक जानकारी दिएका हुन्। निखिल केहि बर्षको विश्रामपछि चलचित्र निर्माण र निर्देशनमा फर्किएका हुन् । यो चलचित्रलाई बिशेष बनाउन उनले मिहेनत गरिरहेका छन।
ऐलिस सामाजिक संजालमा चर्चामा रहेको नाम हो । अव नेपाली चलचित्र क्षेत्रको उनको यात्रा निखिल उप्रेतीको चलचित्र मार्फत सुरुवात भएको छ।