Advertisement

एचिभर्समा न्युज पेपर डे सम्पन्न

बुटवलको प्रतिष्ठित शैक्षिक सस्था एचिभर्स एकेडमी वुटवलले शुक्रबारसरिय freedom Friday अन्तर्गत आज सदन स्तरिय newspaper day competition सम्पन्न गरेको छ । विधार्थीहरुले समसामयिक खबर ,समाचार र लेखको प्रयोग गरि आफुहरुले ल्याएको चार्ट पेपरमा टासेर पत्रिकाको स्वरुप दिएका थिए ।

पत्रपत्रिकाको अध्ययन गर्ने बानीको विकास गर्न र पत्रपत्रिका अध्ययनको फाईदा बुझाउन प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक शिक्षक सुदिप दर्लामीले बताउनुभयो । प्रतियोगितामा रातो सदनबाट आयरा सुबानी , अनिषा बस्याल , मुस्कान शेरचन , सुवेक्षा सुनार , आशिका वर्मा र निहाल केवटको समुहले प्रथम स्थान हासिल गर्न सफल भएको कार्यक्रममा हरियो सदनबाट प्रीन्सी परियार , रनिस्पा बोहोरा र अनुष्का कार्कीको समुहले द्वित्तिय स्थान हासिल गर्न सफल भएको थियो । साथै निलो सदनबाट सुजल पराजुली र एलेक्स बस्यालको समुह तृतिय स्थान प्राप्त गर्न सफल भए । यसैबिच निलो सदनकै युना थापा र अन्जलि शाह र पहेलो सदनका निश्मा श्रीस , विपसा सुनार र अस्मि गुरुङ्को समुहले शान्तवना स्थान हासिल गर्न सफल भएका छन् ।

उत्कृष्ट र सफल विधार्थीहरूलाई विधालयको वार्षिकोत्सव विशेष कार्यक्रमबिच सम्मान र पुरस्कृत गरिने विधालय प्रशासनले जानकारी दिएको छ । विधालयले हरेक शुक्रबार यसरीनै विभिन्न अतिरिक्त सृजनशील गतिविधि गरेर freedom Friday सम्पन्न गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *