Advertisement

एसईईमा अक्सफोर्ड स्कुलका १० विद्यार्थी जिपिए ४ सहित उत्कृष्ट

बुटवल। बुटवलको सुख्खानगरस्थित अक्सफोर्ड स्कुलले माध्यमिक शिक्षा परीक्षामा शतप्रतिशत सफलता प्राप्त गरेको छ।

विद्यालयबाट सहभागी १४५ जना सम्पूर्ण विद्यार्थी उत्तीर्ण भएका छन्। तीमध्ये १० जना विद्यार्थीले जिपिए ४.० हासिल गरेका छन् भने १३६ जनाले ३.६ जिपिएभन्दा माथिको नतिजा ल्याएका छन्।

बाँकी ९ जनाले ३.४४ जिपिएभन्दा माथिको नतिजा प्राप्त गरेका छन्। जिपिए ४ ल्याउने विद्यार्थीहरूमा आशिष सिग्देल, आविष्कार नेपाल, विदान बस्याल, ग्रासिका श्रेष्ठ, मोनिका खरेल, न्यूटन भुसाल, प्रिन्स पोखरेल, समृद्धि बस्याल, सिरिस्मा पन्त र स्वीकृति अवस्थी छन्।

विद्यालयका प्रिन्सिपल दिनेश भुषालले सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै आगामी शैक्षिक यात्रामा अझ सशक्त र सफल बन्न शुभकामना व्यक्त गरेका छन्। उनले शिक्षक, कर्मचारी, अभिभावक र शुभचिन्तकहरूप्रति पनि कृतज्ञता प्रकट गरेका छन्। उनले भने, “हाम्रा विद्यार्थीहरूले देखाएको प्रतिबद्धता, मेहनत र आत्मविश्वास प्रशंसनीय छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *