Advertisement

एसईईमा शंकर माविको शतप्रतिशत नतिजा,सामुदायिक तर्फ जिल्लामै उत्कृष्ट भएको दावी

फर्साटिकर।रुपन्देहीको शुद्धोधन ३ मा अवस्थित शंकर माध्यमिक विद्यालयले  माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा शतप्रतिशत  सफलता प्राप्त गरेको छ।यो सङ्गै रुपन्देही जिल्लामै सामुदायिकतर्फ शतप्रतिशत नतिजा प्राप्त गर्ने एकमात्र विद्यालय हुन सफल भएको विद्यालयले दावी गरेको छ।

विद्यालयबाट सहभागी ४८ जना सम्पूर्ण विद्यार्थी उत्तीर्ण भएका छन्। तीमध्ये १२  जनाले ३.६ जिपिएभन्दा माथिको नतिजा ल्याएका छन्। ३.२ भन्दा माथी ल्याउने १९ जना रहेका छन। २.८ भन्दा माथी १५ जना र २.४ भन्दा माथी २ जना रहेका छन।

विद्यालयका प्रधानाध्यापक  ट्ंक पौडेलले  सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै आगामी शैक्षिक यात्रामा अझ सशक्त र सफल बन्न शुभकामना व्यक्त गरेका छन्। उनले शिक्षक, कर्मचारी, अभिभावक,समितिको अथक मेहनतले सार्थकता पाएको बताए ।

यस्तै यहि शैक्षिक सत्रदेखि कक्षा ११ सञ्चालन गर्ने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *