फर्साटिकर ।रुपन्देहीको शुद्धोधन ४ फर्साटिकरमा अवस्थित सिद्धार्थ मोर्डन स्कुलले यस वर्षको माध्यमिक शिक्षा परिक्षा परिक्षा(एसईइ)मा शत प्रतिशत नतिजा निकाल्न सफल भएको छ।विद्यालयका २४ जना विद्यार्थीमध्ये सबै विद्यार्थी उत्कृष्ट नतिजा सहित उत्तीर्ण भएका हुन।विद्यालयका छात्र अभिषेक खनालले ४ जिपिए प्राप्त गरे।
यस्तै जिपिए ३.९ देखि ४ सम्म ६ जना, ३.६ देखि ३.९ सम्म ६ जना, ३.२ देखि ३.६ सम्म ८ जना, २.८ देखि ३.२ सम्म २ जना र २.४ देखि २.८ सम्म १ जना गरि शत प्रतिशत नतिजा निकाल्न सफल भएको विद्यालयका प्राचार्य डिल्लिराम पौडेलले बताउनुभयो।उहाले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई बधाइ तथा शुभकामना व्यक्त गर्दै अहोरात्र मेहनत गर्ने शिक्षक,कर्मचारी,अभिभावक र शुभचिन्तकप्रती आभार व्यक्त गर्नुभयो ।