Advertisement

फर्साटिकर माविमा एसईइमा उत्तीर्ण विद्यार्थीलाई बधाइ तथा शुभकामना कार्यक्रम

रुपन्देहीको शुद्धोधन ४ मा अवस्थित फर्साटिकर माध्यमिक विद्यालयमा विद्यार्थीहरुलाई बधाइ तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।शुक्रबार सार्वजनिक भएको माध्यमिक शिक्षा परिक्षा (एसईइ)मा उत्कृष्ट नतिजा ल्याइ उत्तीर्ण हुने विद्यार्थीलाई बधाई एंव शुभकामना व्यक्त गरिएको हो। विद्यालयमा ३.६ देखि ४ सम्म जिपिए ल्याउने ७ जना,३.२ देखि ३.६ ल्याउने २० जना,२.८ देखि ३.२ ल्याउने ३१ जना र  २.४ देखि २.८ जिपिए ल्याउने ९ जना रहेका छन

कार्यक्रममा विद्यालयका ब्यवस्थापन समिती अध्यक्ष नरबहादुर घर्ती,गाउँपालिका सामाजिक विकास समिती संयोजक तथा वडा न.४ मा वडा अध्यक्ष केशबप्रसाद अधिकारी लगायतले सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै आगामी शैक्षिक यात्रामा अझ सशक्त र सफल बन्न शुभकामना व्यक्त गर्नुभएको छ। शिक्षक, कर्मचारी, अभिभावक र शुभचिन्तकहरूप्रति पनि कृतज्ञता व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *