बुटवल।
एचिभर्स एकेडेमी बुटवलले आज असार १५ अर्थात धान दिवस एवम् दहि चिउरा खाने दिन विशेष कार्यक्रम रोपाई तथा विविध कार्यक्रम सङ्गै सम्पन्न गरेको छ । वुटवल ११ नहरपुरमा अवस्थित स्थानीय जगु गाहाको खेतमै लगेर विधार्थीहरुलाई रोपाई गराउदै , असारे गित गाएर हिलो खेल्दै र दहि चिउरा खादै असार १५ मनाईएको हो ।

कार्यक्रममा विधालयका करिब १०० बढि बिधार्थी , शिक्षक शिक्षिकाको उपस्थिति रहेको थियो । पहिलो पल्ट खेतमै आएर रोपाईमा सहभागी हुदा अत्यन्त रमाईलो र पृथक अनुभव भएको कक्षा ८ कि छात्रा क्रिष्मा शेरचनले बताईन् ।

धान खेती र मेलाको प्रक्रिया बुझ्न मात्र हैन कृषकको दैनिकि र मिहिनेतलाई समेत बुझ्न सकेको उनले प्रतिक्रिया दिईन ।कार्यक्रम संयोजक अर्जुन रेग्मीले व्यवहारीक शिक्षा अनुरुप हाम्रो सामाजिक , सास्कृतिक र आर्थिक पक्षसङ्ग अत्यन्त नजिक रहेको धान खेतीबारे विधार्थीहरुलाई फिल्डमै उपस्थित गराई सिकाउ सकिएकोमा खुसी व्यक्त गर्नुभयो । विधालयले कक्षा पिजि देखि कक्षा ४ सम्म पनि विधालयमै विविध कार्यक्रम आयोजना गरेको थियो ।
