शुद्धोदन।रूपन्देही शुद्धोदन गाउँपालिका शिक्षा शाखाको आयोजनामा माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सफल विद्यार्थीहरू लाई सम्मान तथा बधाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शुद्धोदन ४ फर्साटिकर स्थित रिद्धिसिद्धि पार्टी प्यालेसमा आयोजित कार्यक्रममा पालिकाभरिका उत्तीर्ण विद्यार्थीहरूलाई अविर र मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको हो।

कार्यक्रमका अध्यक्ष एवं शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले यस वर्ष शुद्धोदनका शैक्षिक संस्थाहरूले अपेक्षाकृत ८०% राम्रो नतिजा ल्याएकोमा सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवाला लाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले शुद्धोदनमै रहेका उत्कृष्ट शैक्षिक संस्थाहरूमा अध्ययनलाई प्राथमिकता दिन अभिभावकहरूलाई आग्रह गर्दै गाउँपालिकाले शिक्षा क्षेत्रको विकासलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।शुद्धोदन गाउँपालिका उपाध्यक्ष शान्तादेवी गेवालीले विद्यार्थीको मेहनत र विद्यालयको योगदानको प्रशंसा गर्दै शुद्धोदनमै अध्ययन गरे भविष्य सुरक्षित हुने बताउनु भयो।

शुद्धोदन गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतले शुद्धोदनमा रहेका शैक्षिक संस्थाहरूमा विश्वास राख्न अभिभावकहरूलाई आग्रह गर्दै स्थानीय स्तरमै गुणस्तरीय शिक्षा प्रवाह भइरहेको उल्लेख गर्नुभयो।कार्यक्रममा गाउँपालिका प्रवक्ता एवं वडा नम्बर ४ का अध्यक्ष केशवप्रसाद अधिकारी, कार्यपालिका सदस्य शान्ति सुनार, रुक्मणी थारु, स्थानीय जनप्रतिनिधि,विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, बुद्धिजीवी, समाजसेवी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा पालिका भित्र रहेका सामुदायिक तथा निजी विद्यालयका करिब ३५० बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो।शुद्धोदन गाउँपालिकाले आगामी दिनहरूमा पनि शिक्षा क्षेत्रको थप विकास र विद्यार्थीको क्षमता अभिवृद्धिमा विशेष ध्यान दिने स्पष्ट पारेको छ।शुद्धोदन गाउँपालिका उपाध्यक्ष शान्तदेवी ज्ञवालीको स्वागतमा र शिक्षा शाखा प्रमुख चन्द्रकान्त शर्माको सञ्चालन कार्यक्रम सम्पन्न भएको थियो।
