Advertisement

रूपन्देही ३ मा उपनिर्वाचन : मतदाता नामावली अद्यावधिक तालिका सार्वजनिक

काठमाडौ ।निर्वाचन आयोगले रूपन्देही जिल्ला प्रतिनिधि सभा सदस्य क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्ने निर्णय गरेको छ।

आयोगकी सहसचिव एवं प्रवक्तानीता पोखरेल अर्यालले मतदाता नामावली अद्यावधिक गर्ने निर्णय भएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएकी छन्।

मतदाता नामावली अद्यावधिक प्रक्रिया भदौ २५ गतेसम्म पूरा गरी अन्तिम नामावली प्रकाशित गरिनेछ।

२९ असार, काठमाडौं । निर्वाचन आयोगले रूपन्देही जिल्ला प्रतिनिधि सभा सदस्य क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनका लागि मतदाता नामावलीलाई अद्यावधिक गर्ने निर्णय गरेको छ ।

आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले प्रेस विज्ञप्ति निकालेर मतदाता नामावलीलाई अद्यावधिक गर्ने निर्णय भएको जानकारी दिएकी छन् ।

रूपन्देही ३ मा आगामी कातिक १७ गते उपनिर्वाचन हुँदैछ । उक्त उपनिर्वाचनमा २०८२ साल कातिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताले मतदान गर्न पाउँछन् ।

आयोगका अनुसार अद्यावधिक कार्यक्रम अन्तर्गत संकलित मतदाताको विवरण यही साउन १४ गते वेबसाइटमा प्रकाशन गरिनेछ । साउन १५ गतेदेखि २२ गतेसम्म मतदाताले नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिन सक्नेछन् ।

कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने लगायतका कार्यहरु पनि यही अवधिमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *