Advertisement

उपनिर्वाचनका लागि राप्रपाबाट ६ जनाको नाम सिफारिस, पूर्वमन्त्री बोहराका दुई छोरा र नातिनी पनि सिफारिसमा

भैरहवा।

आगामी कात्तिक १७ गते रूपन्देही–३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ६ जनाको नाम सिफारिस भएको छ।

आइतबार बसेको राप्रपा जिल्ला कार्यसम्पादन समिति रूपन्देहीको बैठकले पार्टी केन्द्रलाई ६ जनाको नाम सिफारिस गरेको हो।
२०७९ सालको आमनिर्वाचनमा निर्वाचित राप्रपाका वरिष्ठ नेता दीपक बोहराको निधनपछि यहाँ उपनिर्वाचन हुन लागेको हो।


राप्रपाका केन्द्रीय सदस्य स्वाती थापाले जिल्ला कार्य सम्पादन समितिको बैठकले ६ जनाको नाम सिफारिस गरेको जानकारी दिइन्। सिफारिस गरिएकामा बोहरा परिवारबाटै तीन जना छन्।

u
सिफारिस गरिएकाहरुमा पार्टी केन्द्रीय सदस्यद्वय स्वाती थापा र वसन्तविक्रम शाही, रूपन्देहीका अध्यक्ष सागरप्रताप राणा, स्वर्गीय दीपक बोहराका छोराहरू गौरव बोहरा र प्रज्ज्वल बोहरा तथा जिल्ला नेता दिलीप मल्लिकको नाम सिफारिस भएको छ। केन्द्रीय सदस्य थापा स्वर्गीय बोहराकी नातिनी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *