Advertisement

डाक्टर जिसिद्वारा फर्साटिकर माविका दुई जेहेन्दार विद्यार्थीलाई १ लाख बराबरको छात्रवृत्ति वितरण

फर्साटिकर ।

रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा न.४ मा अवस्थित फर्साटिकर माध्यमिक विद्यालयमा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ।

शैक्षिक सत्र २०८२ देखि बिद्यालयमा प्रारम्भ गरिएको कक्षा ११ मा बिज्ञान विषयको पठनपाठन समेतलाई मध्ये नजर गरि पुर्व बिद्यार्थी डाक्टर नारायण जि सिले आफ्नो सुपुत्र मेघ बिक्रम जिसि र दिदी बिज्जु जिसि कार्कीको जन्मदिनको शुभ अवसर पारेर  दुई विद्यार्थीलाई पुर्णरुपमा छात्रावृत्ती वितरण गर्नुभएको हो।जिसिका आमा  मिना कुमारी जिसिले जेहन्दार विद्यार्थीहरु सुरक्षा राना र सुदिप यादवका  लागि पुर्ण छात्रवृत्ति रकम १ लाख हस्तान्तरण  गर्नु भएको हो।

 कार्यक्रमका बिशिष्ट अतिथि  डा. नारायण जिसि ,उहाँको धर्मपत्नि डा.तारा जिसि  समेतको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता वि व्य स अध्यक्ष नर बहादुर घर्ती , गाउपालिका प्रबक्ता केशव प्रसाद अधिकारीको प्रमुख आतिथ्यता,शिक्षक अभिभावक संघ अध्यक्ष रोमाकान्त अधिकारी  बिशिस्ट आथित्यता, प्रधानाध्यापक  देवराज पौड्यालको स्वागत तथा शिक्षक बिष्णु प्रसाद ढकालको समन्वय एंव सहायक प्रधानाध्यापक  रामजी पौड्यालको सञ्चालनमा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *