Advertisement

फर्साटिकर माविले सुरु गर्‍यो स्मार्ट स्कुल एप’

फर्साटिकर ।

रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा न.४ फर्साटिकरमा अवस्थित फर्साटिकर माध्यमिक विद्यालयले ‘स्मार्ट स्कुल एप’ सञ्चालनमा ल्याएको छ।विद्यालयले आधुनिक सूचना प्रविधिको प्रयोग गर्दै ‘स्मार्ट स्कुल एप’ सञ्चालनमा ल्याएको हो।

oplus_2

एपमार्फत विद्यार्थी, अभिभावक र शिक्षकबीचको सूचना आदान–प्रदान अझ सजिलो र छरितो हुने अपेक्षा गरिएको छ।स्मार्ट स्कुल एप प्रयोग गरेर विद्यार्थीको उपस्थितिदेखि लिएर परीक्षाको नतिजा, गृहकार्य, सूचना तथा कार्यक्रममा सम्बन्धित सबै जानकारी तत्काल मोबाइलमा उपलब्ध हुनेछ। यसका साथै अभिभावकहरूले आफ्ना बच्चाको अध्ययन प्रगति र विद्यालयका गतिविधिहरू प्रत्यक्ष रूपमा हेर्न सक्नेछन्।

oplus_0

विद्यालयका  प्रधानाध्यापक देवराज पौडेलले विद्यालयले समग्र विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधारका निम्ति एप सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाले भन्नुभयो , “हामी शिक्षा प्रणालीलाई डिजिटल माध्यमबाट अझ प्रभावकारी बनाउन चाहन्छौं। यो एपले विद्यार्थीहरूमा प्रविधिमुखी शिक्षा र पारदर्शी व्यवस्थापनमा टेवा पुर्‍याउनेछ।”

oplus_2

सहायक प्रधानाध्यापक रामजी पौडेलका अनुसार विद्यालयमा सञ्चालनमा ल्याइएको एप सञ्चालनका लागि विद्यार्थी र अभिभावकलाई  सहजीकरण  गरिरहेको बताउनुभयो ।अभिभावकहरूले  यसलाई समयसापेक्ष र उपयोगी कदमका रूपमा लिएको प्रतिक्रिया दिएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *