Advertisement

गुल्मी जुनिया चिदिपानी तराई सम्पर्क समाजको तीज मिलन कार्यक्रम

तिलोत्तमा।

गुल्मी जुनिया चिदिपानी तराई सम्पर्क समाजको आयोजनामा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ। हिन्दू नेपालीहरूको महान पर्व हरितालिका तीजको अवसर पारी समाजले गुल्मी जुनिया चिरीपानी स्थायी बसोबास भई हाल तराईका विभिन्न स्थानहरूमा छरिएर रहेका व्यक्तिहरू बीचमा आत्मीयता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ।

रुपन्देही कपिलवस्तु नवलप्रासी लगायतका जिल्लाहरूमा बसोबास गर्दै आएका र पुर्खौली थलो गुल्मी जुनिया चिरीपानी भएका व्यक्तिहरूको उल्लेख्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। समाजका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षता सत्यवती गाउँपालिका गुल्मीका अध्यक्ष टिकाराम पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व सांसद महिना भण्डारी, सत्यवती वडा नम्बर ७ का अध्यक्ष लोकबहादुर बुढाथोकी, बुटवल उपमहानगरपालिकाका पूर्व मेयर तथा समाजका संरक्षक रूप सिंह थापा,सल्लाहकार डाक्टर डीबी खत्री, संस्थापक अध्यक्ष सुबेदार खड्ग बहादुर शाही लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिनुभयो ।

तीज पर्व संगीतमय पर्व भएको र यसले एकआपसमा भाइबन्धुत्वको विकासलाई  टेवा पुर्‍याउन सक्ने वक्ताहरुले बताउनुभयो सम्पर्क समाजले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएकोमा हरितालिका तीजको अवसर पारी तीज मिलन तथा दर खाने कार्यक्रम आयोजना गरेको अध्यक्ष थापाले उल्लेख गर्नुभयो समाजका सचिव खिमबहादुर खत्रीको सञ्चालन उपाध्यक्ष सुरेश थापाको स्वागत रहेको स्वागत रहेको कार्यक्रमको संयोजन कोषाध्यक्ष ओम प्रकाश भण्डारीले गर्नुभएको थियो।

कार्यक्रममा संस्थाका सहसचिव पुष्पा खत्री एवं खकबहादुर भण्डारीका साथै स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहेको थियो। कार्यक्रमले विभिन्न क्षेत्रबाट योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मानसमेत गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *