Advertisement

लायन्स क्लब अफ शुद्धोदनद्वारा विद्यालयलाई पिउने पानी फिल्टर सहयोग

बुटवल – बुटवल–१९स्थित  अमर माध्यमिक विद्यालयमा लायन्स क्लब अफ शुद्धोदनद्वारा आयोजित शुद्ध पिउने पानी फिल्टर सहयोग कार्यक्रम सम्पन्न भएको छ। प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिस्टिक्ट ३२५P, वर्ष २५/२६ का GMA को–अर्डिनेटर लायन दीपक प्रसाद श्रेष्ठले धाराको पानी पिउँदै कार्यक्रमको उद्घाटन गर्नुभयो।

कार्यक्रममा बुटवल–१९ का निर्वाचित सदस्य शेरबहादुर थापा, विद्यालय प्रशासन, टोल विकास संस्थाका प्रतिनिधि, अभिभावक, विद्यार्थी र लायन्स सदस्यहरूको उपस्थिती रहेको थियो। संयोजक लायन नितिन मल्लले यस कार्यक्रमका लागि देउसी–भैलो २०८२ बाट संकलित रकमले विद्यालयमा शुद्ध पिउने पानीको सुविधा उपलब्ध गराउन सम्भव भएको बताए।

प्रधानाध्यापक देवराज पौडेल र व्यवस्थापन समितिका अध्यक्ष टिकाराम बरालले लायन्स क्लबप्रति आभार व्यक्त गर्दै यस्ता पहलले विद्यालयमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। अतिथिले स्वास्थ्यका लागि शुद्ध पानीको महत्व औंल्याउँदै क्लबको योगदान उच्च प्रशंसनीय भएको बताए।

संस्थाका फोर्थ VP लायन खेम कुवरले समुदायबाट उठेको रकम पुनः समुदायमै खर्च गर्नु क्लबको मूल उद्देश्य भएको र पानी फिल्टर वितरण कार्यक्रम पनि यही सोचको निरन्तरता भएको बताए। क्लबका IPP लायन ऋषि रामा आले र अध्यक्ष लायन सुनिल थापाले क्लब स्थापना कालदेखि समाजसेवामा समर्पित रहेको र आगामी दिनमा पनि विद्यालयलाई सहयोग जारी रहने जानकारी दिए। कार्यक्रम सहसचिव लायन अर्जुन पौडेलले सञ्चालन गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *