Advertisement

१३ औं फर्साटिकर कप पुस १५ देखि, विजेताले ३ लाख ११ हजार १ सय ११ प्राप्त गर्ने

शुद्धोदन ।

रुपन्देहीको शुद्धोदनमा  पुस १५ गतेबाट फर्साटिकर कपको १३ औं संस्करण हुने भएको छ । प्रतियोगिताको आयोजक फर्साटिकर युवा क्लब रुपन्देहीले बिहीवार  पत्रकार सम्मेलन गरि  जानकारी गराएको  हो।

प्रतियोगितामा रुपन्देहीका ८ र  अन्य जिल्ला ४ गरि जम्मा १२ समूहको सहभागिता रहेको आयोजक फर्साटिकर युवा क्लबका अध्यक्ष अमृत खड्काले बताउनुभयो । 

पत्रकार सम्मेलनमा बोल्दै उहाँले निरन्तर १३ वर्ष  सम्म अनेक चुनौतीहरुलाइ चिर्दै यहाँ सम्म आएको बताउनुभयो।

अध्यक्ष खड्काले फर्साटिकर कप संचालनमा महत्वपूर्ण सहयोग गर्नुहुने सम्पूर्ण प्रति धन्यवाद ज्ञापन गर्दै खेल अवलोकनका लागि समेत समस्त खेलप्रेमी दर्शकहरुलाई आग्रह समेत गर्नुभयो  गर्नुभयो ।

खेल पुस १५  देखि माघ २६ गते सम्म संचालन हुने प्रतियोगिताका खेल संयोजक रवि खड्काले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता टिमले नगद ३ लाख ११ हजार १ सय १ यसैगरी उपविजेता टिमलाई नगद १ लाख ५५ हजार ५ सय ५५  कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ।

 प्रतियोगिताको प्रतियोगिता उत्कृष्ट खेलाडी  १५ हजार  ५ सय ५५ नगद, कप,सर्वाधिक गोलकर्ता  १० हजार ५ सय नगद, कप, उत्कृष्ट गोल रक्षक १९  हजार ५ सय,उदयमान खेलाड ५ हजार ५ सय  नगद, कप, र  म्यान अफ द म्याचलाई ३ हजार नगद प्रदान गरिने संयोजक खड्काले बताउनुभयो ।

प्रतियोगिता सम्पन्न गर्न २२ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ।

जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले फर्साटिकर कप बहुप्रतीक्षित कप भएको भन्दै रुपन्देही जिल्ला मात्र नभई सिङ्गो प्रदेशमा कपले उत्साह थपेको बताउनुभयो ।

निवर्तमान अध्यक्ष एंव  शुद्धोदन खेलकुद विकास समितिका संयोजक मुकेश कुवरले आफुले ९ वर्ष सम्म क्लबको नेतृत्व गरि काम गरेको क्बलको नव नेतृत्वबाट 

अब आउने प्रतियोगिता सभ्य भव्य रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगितामा मुख्य प्रायोजकको रुपमा शुद्धोदन गाउँपालिका रहने आयोजकले जानकारी दिएको  छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *