Advertisement

“सामाजिक अभियानबाट संसद यात्रासम्म : श्रद्धा कुँवरको रास्वपा प्रवेशले रुपन्देहीमा तरङ्ग”

विगत एक दशकभन्दा बढी समयदेखि सामाजिक अभियान, युवा सशक्तीकरण तथा नेतृत्व विकासका क्षेत्रमा सक्रिय रहँदै आएकी रुपन्देहीकी श्रद्धा कुंवर अहिले राष्ट्रिय राजनीतिमा उदाउँदै गरेकी आशालाग्दी युवा नेतृका रूपमा चिनिन थालेकी छन्। विभिन्न सामाजिक कार्यक्रम र अभियानमार्फत कुशल नेतृत्व क्षमता प्रदर्शन गरेकी उनी हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारका रूपमा संसद प्रवेशको यात्रामा छिन्।’रुपन्देही कि लोकप्रिय सामाजिक अभियानता तथा नेत्री श्रद्दा कुन्वरको रास्वपा यात्राले सबै तिर तरङ्ग ‘

सानै उमेरदेखि सामाजिक कार्यमा रुचि राख्ने श्रद्धा कुंवर युवाहरूसँग मिलेर थुप्रै अभियान तथा परियोजनामा सक्रिय रहँदै आएकी छन्। उनले ‘लायन्स इन्टरनेशनल’ मार्फत नेतृत्व यात्राको सुरुवात गर्दै प्रथम महिला अध्यक्षको रूपमा सफल कार्यकाल पूरा गरिसकेकी छन्। यसका साथै महिला तथा युवा सशक्तीकरण, उद्यमशीलता प्रवर्द्धनलगायतका विभिन्न कार्यक्रममा जिम्मेवार भूमिका निर्वाह गर्दै अनुभव बटुलेकी छन्।

राष्ट्रिय युवा परिषदद्वारा सञ्चालन गरिएको ‘नमुना युवा संसद’ अभ्यास कार्यक्रममा सभामुखको भूमिका सफलतापूर्वक निर्वाह गरेकी श्रद्धा रास्वपा बाट संसद छिर्दै इतिहास लेख्ने यात्रामा छिन । सो अनुभवले उनको संसदीय अभ्यास र नेतृत्व क्षमतालाई थप सुदृढ बनाएको र सबै जिम्मेवारी लिन सक्षम हुने आकलन गरिएको छ।

 

मधुर स्वभाव, मिलनसार व्यक्तित्व र सकारात्मक सोचका कारण उनी रुपन्देहीमा लोकप्रिय छिन्। विगतमा नेकपा एमालेमा आबद्ध भई सक्रिय राजनीति गरेकी कुंवर गलतका विरुद्ध आवाज उठाउने हक्की र निडर स्वभावकी नेतृ हुन्। जेन–जी आन्दोलनका क्रममा उनले निरन्तर आवाज उठाइन् तर पार्टीभित्र सुनुवाइ नहुँदा र आफ्ना एजेन्डासँग दिशा नमिलेपछि उनले तत्कालै पार्टी परित्याग गर्ने निर्णय गरेकी थिइन्। आन्दोलनपछि सो पार्टीबाट अलग हुने निर्णय गरेकी थिइन्। राजनीतिक यात्रामा रहँदा पनि कुनै लाभ नलिई निष्कलंक छवि बनाएकी उनी सबैसँग सुमधुर सम्बन्ध राख्ने नेतृका रूपमा परिचित छिन्।

रास्वपामा उनको प्रवेशसँगै युवामाझ सकारात्मक सन्देश जाने र पार्टीको युवा केन्द्रित राजनीतिलाई थप सशक्त बनाउने विश्वास गरिएको छ। यही रणनीतिअनुसार श्रद्धा कुंवरलाई रास्वपाको समानुपातिक उम्मेदवारमा समावेश गरिएको बुझिन्छ।

उदयमान युवा नेतृ श्रद्धा कुंवरको यो यात्रा नेपाली राजनीतिमा नयाँ पुस्ताको सक्रिय र जिम्मेवार सहभागिताको उदाहरणका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *