शुद्धोदन ।रुपन्देहीमा जारी १३ औं संस्करणको शुद्धोदन गाउँपालिका फर्साटिकर कप नकआउट फुटबल प्रतियोगितामा झरना स्पोर्ट्स क्लब फाइनल प्रवेश गरेको छ। खेलमा झरनाले भैरव स्पोर्ट्स क्लब नवलपरासीलाई ४-० को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो।

झरनालाई फाइनलमा पुर्याउन दोस्रो हाफको २२ औं र ४१ औं मिनेटमा पुरन थारुले २ गोल,३६ औं मिनेटमा विक्की चाम्लिङ राई र ४० औं मिनेटमा लक्षु थापा समान १/१ गोल गरे। खेलमा झरनाका लक्षु थापा म्यान अफ द म्याच भए ।
प्रतियोगिताको फाइनल खेल पुष २४ गते बिहीबार झरना स्पोर्टस क्लब, कुञ्जलापुर र भैरव स्पोर्टस क्लब, नवलपरासीबीच हुने आयोजक रवि खड्काले जानकारी दिएका छन्।

फर्साटिकर युवा क्लब, शुद्धोदन गाउँपालिका–४, फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद ३,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले १,५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आर्थिक संयोजक सिद्धान्त भट्टराईले बताए।