Advertisement

एचिभर्स एकेडमीमा खेल सप्ताह सुरु

बुटवल स्थित एचिभर्स एकेडमीले आजबाट एक कार्यक्रम बिच आफ्नो खेल सप्ताहका कार्यक्रमहरू सुरुवात गरेको छ । स्वास्थ्यका लागि खेलकुद भन्ने मुल मन्त्रसहित सुरु भएको खेल सप्ताहमा विभिन्न खेलकुदका कार्यक्रमहरु समावेश गरिएको छ ।

रिबन काटेर साथै दिप प्रज्वलन गरेर सस्थाका सहप्राचार्य अनन्त पन्तले सुभारम्भ गर्नुभएको कार्यक्रममा आज पहिलो दिन स्पुन रेस , म्युजिकल चियर , टग अफ वार जस्ता खेलहरू सम्पन्न भएका छन् । खेल मार्फत आपसी प्रेम , भातृत्व एवम् सौहार्दता विकास गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको खेल संयोजक विजय शारुले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *